उपराष्ट्रपति पुन र उनको परिवारका सदस्यको विवरण संकलन
उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले राष्ट्रिय जनगणना–२०७८ अन्तर्गत आफ्नो पारिवारिक तथा व्यक्तिगत विवरण उपलब्ध गराएका छन् । राष्ट्रिय जनगणना अन्तर्गत उपराष्ट्रपति पुन र उनको पारिवारिक सदस्यको विवरण संकलनका लागि बिहीबार अपरान्ह १ बजे राष्ट्रिय योजना आयोग र केन्द्रीय तथ्याङ्क विभागका पदाधिकारीहरु लैनचौरस्थित उपराष्ट्रपति भवन पुगेका थिए ।
उपराष्ट्रपति पुनले गणक टोलीलाई आफ्नो पारिवारिक तथा व्यक्तिगत विवरण उपलब्ध गराएका हुन् । उपराष्ट्रपतिको व्यक्तिगत विवरण संकलनका लागि केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठ गणकको रुपमा उपस्थित थिए । सो अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाल, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी, सहसचिव डा. किरण रुपाखेती लगायत सहभागी रहेको जनाइएको छ ।
गणकले सोधेका प्रश्न अनुसार आफ्नो पारिवारिक तथा व्यक्तिगत विवरण उपलब्ध गराएपछि उपराष्ट्रपति पुनले राष्ट्रिय जनगणना २०७८ को सफलताका लागि शुभकामना दिएका थिए । उनले निर्धारित समयभित्र देशको वास्तविक चित्र आउने गरी राष्ट्रिय जनगणना सम्पन्न हुने विश्वाससमेत व्यक्त गरे ।
सो अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयालले आम जनतामा राष्ट्रिय जनगणनाको सकारात्मक सन्देश प्रवाह गर्न राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीबाट जनगणना सुरु गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण