बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

देशभर ७ हजार ५३५ जना सक्रिय संक्रमित, २४ घण्टामा थप ३१७ जनामा संक्रमण पुष्टि

बिहीबार, २५ कात्तिक २०७८, १६ : ४८
बिहीबार, २५ कात्तिक २०७८

पछिल्लो २४ घण्टामा देशभर ३१७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने २७९ जना निको भएका छन् । यस्तै ६ जनाको मृत्यु समेत भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 
मन्त्रालयका अनुसार हाल देशभर ७ हजार ५३५ जना सक्रिय संक्रमित रहेका छन् । 

मन्त्रालयका अनुसार हाल देशभर पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १६ हजार ६० जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९४ हजार ९९५ जना कुल संक्रमित रहेका छन् । संक्रमितमध्ये हालसम्म ७ लाख ९७ हजार ५९ जना निको भएका छन् भने कुल ११ हजार ४६६ जनाको मृत्यु भएको छ । 
पछिल्लो २४ घण्टामा १२ हजार ६५३ जनामा कोरोना परीक्षण भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप