बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

पौडेलले बोलाए आफूपक्षीय केन्द्रीय सदस्यको बैठक

बिहीबार, २५ कात्तिक २०७८, १६ : ४२
बिहीबार, २५ कात्तिक २०७८

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूपक्षीय केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । शुक्रबार दिउँसो २ः३० बजे सुनधारास्थित दियालो होटलमा पौडेलले आफूपक्षीय केन्द्रीय सदस्यको बैठक बोलाएका हुन् ।

कात्तिक २८ गते (आइतबार) बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा समूहगत साझा धारणा तय गर्न पौडेलले बैठक बोलाएको एक नेताले रातोपाटीलाई जानकारी दिए । २८ गतेको बैठकमा महाधिवेशन तयारी, पार्टीका विभिन्न तहमा भएका अधिवेशनको समीक्षालगायतका विषयमा छलफल गर्ने एजेण्डा छ ।

बैठकले  महाधिवेशन सम्पन्न गर्न आवश्यक समिति गठन पनि गर्ने काँग्रेस केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार काँग्रेसले १४ औं महाधिवेशन  काठमाडौं भृकुटीमण्डपमा मङ्सिर २४ देखि तीन दिनसम्मका लागि हल बुकिङ गरिसकेको छ । मङ्सिर २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन हुनेछ । 

लामो समयपछि केन्द्रीय समिति बैठक बसेकाले समसामयिक राजनीतिबारे पनि छलफल हुने पौडेको भनाइ छ । न्यायालयको विवाद, उच्चस्तरीय समन्वय समिति गठन लगायतका विषयमा पनि छलफल हुने छ । सोमबार बसेको सत्तारुढ गठबन्धनको बैठकले वरिष्ठ नेता पौडेलको संयोजकत्वमा ११ सदस्यीय समन्वय समिति बनाएको छ । तर उक्त समिति गठनप्रति काँग्रेस नेताहरुकै असन्तुष्टि रहेको छ । आइतबार बस्ने केन्द्रीय कार्यसमितिबाट काँग्रेसले उक्त निर्णय अनुमोदन गराउने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप