पौडेलले बोलाए आफूपक्षीय केन्द्रीय सदस्यको बैठक
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूपक्षीय केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । शुक्रबार दिउँसो २ः३० बजे सुनधारास्थित दियालो होटलमा पौडेलले आफूपक्षीय केन्द्रीय सदस्यको बैठक बोलाएका हुन् ।
कात्तिक २८ गते (आइतबार) बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा समूहगत साझा धारणा तय गर्न पौडेलले बैठक बोलाएको एक नेताले रातोपाटीलाई जानकारी दिए । २८ गतेको बैठकमा महाधिवेशन तयारी, पार्टीका विभिन्न तहमा भएका अधिवेशनको समीक्षालगायतका विषयमा छलफल गर्ने एजेण्डा छ ।
बैठकले महाधिवेशन सम्पन्न गर्न आवश्यक समिति गठन पनि गर्ने काँग्रेस केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार काँग्रेसले १४ औं महाधिवेशन काठमाडौं भृकुटीमण्डपमा मङ्सिर २४ देखि तीन दिनसम्मका लागि हल बुकिङ गरिसकेको छ । मङ्सिर २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन हुनेछ ।
लामो समयपछि केन्द्रीय समिति बैठक बसेकाले समसामयिक राजनीतिबारे पनि छलफल हुने पौडेको भनाइ छ । न्यायालयको विवाद, उच्चस्तरीय समन्वय समिति गठन लगायतका विषयमा पनि छलफल हुने छ । सोमबार बसेको सत्तारुढ गठबन्धनको बैठकले वरिष्ठ नेता पौडेलको संयोजकत्वमा ११ सदस्यीय समन्वय समिति बनाएको छ । तर उक्त समिति गठनप्रति काँग्रेस नेताहरुकै असन्तुष्टि रहेको छ । आइतबार बस्ने केन्द्रीय कार्यसमितिबाट काँग्रेसले उक्त निर्णय अनुमोदन गराउने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण