२८ गतेभित्र शुल्क नबुझाउनेको सदस्यता खारेज गर्ने राप्रपाको निर्णय
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सक्रिय सदस्यहरूको सदस्यता शुल्क बुझाउन कार्तिक २८ सम्मको समय दिएको छ । सो अवधिभित्र सदस्यता शुल्क नबुझाउनेको सदस्यता स्वतः खारेज गर्ने निर्णय अध्यक्षत्रयहरुको बैठकले गरेको छ । सचिवालयले कार्तिक २९ भित्र केन्द्रीय निर्वाचन समितिलाई सक्रिय सदस्यहरूको नामावली उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ ।
यस्तै केन्द्रीय निर्वाचन समितिले कार्तिक ३० गते जिल्लाहरुमा सक्रिय सदस्यहरूको नामावली पठाउने, सक्रिय सदस्यहरूको नामावलीमा दावी विरोध मंसिर १ र २ गते भित्र गर्ने निर्णय पनि भएको केन्द्रीय सचिवालय प्रमुख भास्कर भद्राले जानकारी दिए ।
बैठकले सक्रिय सदस्यहरूबाट महाधिवेशन प्रतिनिधिहरूको चुनाव मंसिर ३,४ र ५ गते गर्ने निर्णय पनि गरेको छ । राप्रपाले आगामी मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’
-
घाना र पानामाबिचको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण