वाणिज्य बैंकहरुको निक्षेप संकलनमा सामान्य सुधार, कर्जा माग झनै बढ्यो
बिहीबार, २५ कात्तिक २०७८, १६ : ००
![वाणिज्य बैंकहरुको निक्षेप संकलनमा सामान्य सुधार, कर्जा माग झनै बढ्यो](https://rpcdn.ratopati.com/media/albums/bank_ynCwQn3EHz.jpg)
गत हप्ताको तुलनामा यस हप्ता वाणिज्य बैंकहरुको निक्षेप संकलनमा सामान्य सुधार देखिएको छ । अघिल्लो हप्ता अर्थात् कात्तिक ५ गतेदेखि १२ गतेसम्म २७ वाणिज्य बैंकहरुले कुल ४२ खर्ब ४७ अर्ब निक्षेप संकलन गरेकामा यस हप्ता थप एक अर्ब रुपैयाँ बढी निक्षेप संकलन गरेका हुन् ।
नेपाल बैंकर्स संघले बिहीबार जारी गरेको रिपोर्ट अनुसार गत कात्तिक १२ गतेदेखि कात्तिक १७ गतेसम्ममा कुल ४२ खर्ब ३८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । तर, सोही अवधिमा कर्जा मागमा भने उच्चता आएको संघले जनाएको छ । समीक्षा अवधिमा एक अर्बले निक्षेप बढ्दै गर्दा अधिकतम ७ अर्बले बढी कर्जा माग आएको संघले बताएको छ ।
अघिल्लो हप्ता कुल ४० खर्ब १८ अर्ब कर्जा लगानी गरेका बैंकहरुले यस हप्ता ४० अर्ब २५ करोड लगानी गरेका छन् । यसले अझैपनि बजारमा तरलता अभावको समस्या रहिरहने संकेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता