बिहीबार पनि नेप्से ५९ अंकले घट्यो
बिहीबार, २५ कात्तिक २०७८, १५ : ३९

गत मंगलबार अधिकतम ७९.७९ अंकले घटेर २७ सय ४९ दशमलव ८५ अंकमा झरेको सेयर बजार परिसूचक नेप्से बिहीबार थप ५९ अंकले घट्न पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज बिहीबार नेप्से ५९.५७ अंकले घटेर २६ सय ९० दशमलव २९ बिन्दुमा झरेको हो ।
त्यसो त यस दिन ‘क’ वर्गका सेन्सेभिट इन्डेक्स समेत अधिकतम १०.६३ अंकले घट्दै ५०२ दशमलव १९ विन्दुमा झरेको छ । आज सबैजसो उपसूचक ऋणात्मक (नेगेटिभ) भएर बजार नै राताम्मे भएको छ भने ५ अर्ब ११ करोडको कारोबार भएको छ ।
गत मंगलबार ७९ अंकले घटेको बजारमा ६ अर्ब ५२ करोडको कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ बजेटको खाका कोर्न अर्थ मन्त्रालयका ढोका बन्द
-
विद्यार्थी भनेका राष्ट्र निर्माणदेखि परिर्वतनका संवाहक हुन् : मन्त्री यादव
-
दुई सातापछि पक्राउ परे दुर्गा प्रसाईँ, १२ दिन हिरासत राख्न अनुमति
-
तीनकुने घटनाबारे छानबिन समिति गठन गर्न सरकारलाई संसदीय समितिको निर्देशन
-
विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, शिक्षकहरु आन्दोलनमा बसिरहनुपर्दैन : प्रधानमन्त्री
-
वर्षासँगै काठमाडौँको हावाको गुणस्तरमा सुधार