मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

बिहीबार पनि नेप्से ५९ अंकले घट्यो

बिहीबार, २५ कात्तिक २०७८, १५ : ३९
बिहीबार, २५ कात्तिक २०७८

गत मंगलबार अधिकतम ७९.७९ अंकले घटेर २७ सय ४९ दशमलव ८५ अंकमा झरेको सेयर बजार परिसूचक नेप्से बिहीबार थप ५९ अंकले घट्न पुगेको छ ।  नेपाल स्टक एक्सचेन्जका अनुसार आज बिहीबार नेप्से ५९.५७ अंकले घटेर २६ सय ९० दशमलव २९ बिन्दुमा झरेको हो । 

त्यसो त यस दिन ‘क’ वर्गका सेन्सेभिट इन्डेक्स समेत अधिकतम १०.६३ अंकले घट्दै ५०२ दशमलव १९ विन्दुमा झरेको छ । आज सबैजसो उपसूचक ऋणात्मक (नेगेटिभ) भएर बजार नै राताम्मे भएको छ भने ५ अर्ब ११ करोडको कारोबार भएको छ । 
गत मंगलबार ७९ अंकले घटेको बजारमा ६ अर्ब ५२ करोडको कारोबार भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप