शनिबार वडा अधिवेशन हुने काँग्रेसका १३ जिल्लामा तयारी तीव्र
नेपाली काँग्रेसले अधिवेशन प्रक्रिया रोकिएका १३ जिल्लामा २७ गते शनिबार वडा अधिवेशन गर्दैछ । भदौ १८ गते वडा अधिवेशन सुरु भएपनि क्रियाशील विवादका कारण १३ जिल्लामा अधिवेशन प्रक्रिया रोकिएको थियो । १३ जिल्लाको क्रियाशील सदस्यता विवाद किस्ता किस्तामा टुंग्याउने क्रममा मंगलबार रौतहटको क्रियाशील विवाद मिलेको थियो । काँग्रेस केन्द्रीय कार्यालयले बारा र रौतहटको पनि क्रियाशील सदस्यता सार्वजनिक गरेको छ । योसँगै बाँकी १३ जिल्लामा वडा अधिवेशन गर्ने हुने निश्चित भएको छ ।
कात्तिक २७ गते सप्तरी, सिराहा, सर्लाही, बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी, सुर्खेत, डोल्पा, कैलाली, रसुवा र बाँके गरी १३ जिल्लामा वडा अधिवेशन हुन लागेको हो । वडा अधिवेशन हुन बाँकी १३ जिल्लामा काँग्रेस निर्वाचन समितिले निर्वाचन अधिकृत खटाइएको छ । केन्द्रीय निर्वाचन समितिले पठाएका निर्वाचन अधिकृतहरु वडा अधिवेशनको तयारीमा जुटेका छन् ।
उनीहरुले सम्बन्धित जिल्लामा वडा अधिवेशनका लागि निर्वाचन प्रतिनिधि खटाउने काम भइरहेको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठले बताए । जिल्लाका सबै वडा र नगरमा निर्वाचन अधिकृतलाई खटाउन अभिमुखीकरण पनि गरिसकिएको छ । जिल्लामा खटाएका निर्वाचन अधिकृतले सम्बन्धित जिल्लाका नेता कार्यकर्तासँग पनि छलफल गरिरहको छन् ।
वडा अधिवेशनको तयारीका लागी बुधबार काँग्रेस कैलालीले निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीसँग छलफल गरेका थिए । कैलालीका मोहोन्याल गाउँपालिका, चुरे गाउँपालिकाका पहाडी क्षेत्र तथा टाढा रहेका वडा तथा नगरमा बुधबार नै निर्वाचन अधिकृतलाई खटाइसकिएको सुवेदीले बताए ।
कैलालीका एक सय २६ वडा र १३ वटै पालिकामा निर्वाचन अधिकृत खटाउने काम भइरहेको उनको भनाइ छ । १४ जिल्ला (सिन्धुपाल्चोकमा पालिका बाँकी) मा कात्तिक ३० गते पालिका अधिवेशन हुने छ । हिमाली १३ जिल्लामा जिल्ला अधिवेशन समेत सम्पन्न गरिसकेको काँग्रेसले बाँकी हिमाली जिल्ला सोलुखुम्बु, दार्चुला र म्याग्दीमा कात्तिक २७ प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन गर्दै छ ।
उक्त तीन जिल्लामा जिल्ला अधिवेशन भने मंसिर एक गते हुने छ । यस्तै जिल्ला अधिवेशन हुन बाँकी जुम्लामा पनि मंसिर एक गते अधिवेशन हुने छ । बाँकी ६१ जिल्लामा मंसिर ३ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन र मंसिर ६ गते प्रतिनिधिसभा क्षेत्रीय र एक निर्वाचन भएको जिल्ला अधिवेशन हुने छ । मंसिर १० गते एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण