बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

पाचन प्रणालीमा समस्या भएकाले नर्भिकमा निःशुल्क सेवा पाउने

बिहीबार, २५ कात्तिक २०७८, १४ : २९
बिहीबार, २५ कात्तिक २०७८

थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले आगामी शनिबार पाचनप्रणालीसँग सम्बन्धित स्वास्थ्य समस्या भएकाहरूलाई लक्षित गरी निःशुल्क बहिरङ्ग (ओपीडी) सेवा संचालन गर्ने भएको छ । 
नर्भिक अस्पतालका कन्सलट्यान्ट ग्यास्ट्रोइन्टेरोलोजिस्ट तथा डाइजेस्टिभ डिजीज सेन्टरका विभागीय प्रमुख डा. सन्दीपराज कुँवरले निःशुल्क ओपिडी सेवा दिने भएका हुन् । अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत केही

महिनायता प्रत्येक शनिबार निःशुल्क ओपिडी सेवा संचालन गर्दै आएको छ । यही सेवाअन्तर्गत शनिवार १० देखि १२ बजेसम्म डा. कुँवरले निःशुल्क सेवा दिन लागेका हुन् । 
निःशुल्क ओपिडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप