बाजुरामा दुई पुरुष मृत भेटिए
बिहीबार, २५ कात्तिक २०७८, १३ : ५४

बाजुरा छुट्टाछुट्टै स्थानमा दुई पुरुष मृत भेटिएका छन् । मृत भेटिनेमा जगन्नाथ गाउँपालिका–६ का १८ वर्षीय जीवन चदारा र बूढीगङ्गा नगरपालिका–४ बानेगाउँ कोल्डाँडाका ६२ वर्षीय केहेरे कटुवाल छन् ।
चदारा बूढीनन्दा नगरपालिका–५ विरसैनमा तथा कटुवाल बूढीगङ्गा नगरपालिका–८ रिठाबजार नजिकै बूढीगङ्गा नदीमा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कटुवाल यही कात्तिक २२ गतेदेखि बेपत्ता थिए । यस्तै चदारा रोजगारीको सिलसिलामा सदरमुकाम मार्तडी आउँदै थिए ।
कटुवालको शव परीक्षणपछि दाहसंस्कारका लागि आफन्तलाई जिम्मा लगाइएको छ भने चदाराको शव परीक्षणका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन सकिँदैन : प्रधानमन्त्री ओली
-
लालबन्दीबाट २४४ किलो गाँजा बरामद, धानको भुसा हाल्ने बोरामा लुकाएर लैजाँदै थिए
-
तस्बिरमा यस्तो देखियो शिक्षकहरूको १६औँ दिनको आन्दोलन
-
वैदेशिक रोजगार विभागमा महानिर्देशकदेखि निर्देशकसम्म हेरफेर
-
सुदूर अन्तरिक्षको ग्रहमा भेटियो जीवनको आशालाग्दो संकेत
-
सुनको भाउले फेरि बनायो नयाँ कीर्तिमान