भिरबाट लडेर वृद्धको मृत्यु
बिहीबार, २५ कात्तिक २०७८, १२ : ५५

भिरबाट लडेर दाङ जिल्लास्थित तुलसीपुर उपमहानगरपालिका–१ पातेघारका ७० वर्षीय जरसिङ कामीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उनी आफ्नै घर नजिकको बारीमा घाँस काट्ने क्रममा बुधबार भिरबाट खसेका थिए । खोजतलास गर्ने क्रममा बिहीबार बिहान उनलाई मृत्यु भएको अवस्थामा फेला पारिएको प्रहरीको भनाइ छ । यसबारे आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गर्ने काम भइरहेको प्रहरीले जानकारी दिएको छ ।
यसैबीच पाल्पामा पनि एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । निस्दी गाउँपालिका–४ आमडाँडा बस्ने ७१ वर्षीय विष्णु बहादुर सुनारी आफ्नै घर नजिकै गोरेटो बाटोबाट अन्दाजी १५ मिटर तल खोल्सामा मृत अवस्थामा फेला परेका हुन् । कात्तिक २० गते घरबाट हिँडेका उनी फर्केर नआएपछि खोजी गर्ने क्रममा मृत फेला परेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूकम्पपछि सिन्धुपाल्चोकका सिडिओ भन्छन्-हामी तयारी अवस्थामा छौँ
-
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प
-
भूकम्पको धक्का महसुस
-
सहकारी ठगि : एमालेबाट जिसस प्रमुख निर्वाचित थापासहित २५ जनाविरुद्ध एक अर्ब १३ करोड विगोसहित मुद्दा दायर
-
ट्याङ्की निर्माण भएको पाँच वर्ष, प्रयोग नहुँदै जीर्ण
-
हावाहुरीले केराखेतीमा क्षति, तनावमा किसान