बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

सर्वोच्चको आँगनमा प्रहरी र वकिलको घम्साघम्सी, तस्बिरमा हेर्नुहोस्

बिहीबार, २५ कात्तिक २०७८, १२ : ४७
बिहीबार, २५ कात्तिक २०७८

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा नेपाल बार एसोसिएसनका वकिलहरुले धर्ना दिँदै नाराबाजी गरेका छन् । सो क्रममा प्रहरीसँग भएको केहीबेर घम्साघम्सी र झडप हुन पुग्यो । सो क्रममा  ६ वकिल घाइते भएका छन् ।  

घाइते हुनेमा बारका महासचिव लीलामणि पौडेलसहित वकिलहरु रमा कर्ण, मुकुन्द भट्टराई, कुमार शर्मा, प्रकाश महर्जन, रक्षा बस्याल रहेका छन् । उनीहरुलाई सामान्य चोटपटक लागेका छ । सो क्रममा वकिलहरुले प्रधानन्यायाधीशलाई बिचौलियाको नाइके भएको आरोप लगाउँदै उनीविरुद्ध चर्को नाराबाजी गरेका थिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप