बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न अनेरास्ववियूको माग

बिहीबार, २५ कात्तिक २०७८, १२ : ३२
बिहीबार, २५ कात्तिक २०७८

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै अनेरास्ववियूले निरन्तर मूल्यवृद्धि हुनु अत्याचारको पराकाष्टा भएको भन्दै खारेज गर्न माग गरेको हो । ​अनेरास्ववियूले बुधबार पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासमा भएको मूल्य वृद्धिले जनताको ढाड सेक्ने भन्दै भत्र्सना गरेको छ । विज्ञप्तिमा लेखिएको छ, ‘निरन्तर रुपमा भइरहेको मूल्य वृद्धि अत्याचारको पराकाष्टा हो । यस्ता जनविरोधी कदमको अनेरास्ववियू घोर भत्र्सना गर्दै श्रृंखलावद्ध रुपमा भइरहेको मूल्य वृद्धि तत्काल खारेज गर्न जोडदार माग गर्दछ ।’

अनेरास्ववियूले जनताको स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकारको पक्षमा र महंगी, मूल्य वृद्धि जस्ता स्वेच्चाचारी कदमको विरुद्ध जस्तो सुकै आन्दोलनको सृजना गर्न पनि वाध्य हुने चेतावनी समेत दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप