राष्ट्रपति भवनबाट शुरु भयो जनगणना (तस्बिरहरु)
राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राष्ट्रिय जनगणना २०७८’ को औपचारिक शुरुवात गरेकी छन् । बिहीवार बिहान शितल निवासमा पुगेको गणकको टोलीलाई राष्ट्रपति भण्डारीले आफ्नो परिवारको तथ्यांक उपलब्ध गराउँदै ‘राष्ट्रिय जनगणना २०७८’ को औपचारिक शुरुवात गरेकी हुन् । आजबाट राष्ट्रपति भण्डारीको पहिलो विवरण संकलन गर्दै देशभर १२ औँ राष्ट्रिय जनगणना शुरु भएको हो । राष्ट्रपतिको जनगणनाका लागि शीतल निवास पुगेका गणकहरुले सोधेको प्रश्नको उत्तर राष्ट्रपति स्वयंले दिएकी थिइन् । केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठसहितको टोली बुधवार बिहान राष्ट्रपति निवासमा पुगेका थिए ।
जनगणनाको प्रश्नावलीमा ८० वटा प्रश्नहरु समावेश गरिएको छ । देशभर गणकहरु जनताका घर–घरमा पुगेर जनगणना गरिरहेका छन् । ‘मेरो जनगणना मेरो सहभागिता ’ नारासहित आजदेखि शुरु भएको जनगणना मंसिर ९ गते सकिँदैछ । देश भरको जनगणना गर्न ४० हजार गणक र ८ हजार ५ सय सुपरीवेक्षक खटाइएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण