आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

१६ वर्षीया किशोरी बलात्कार आरोपमा एक युवक पक्राउ

बिहीबार, २५ कात्तिक २०७८, ११ : ५४
बिहीबार, २५ कात्तिक २०७८

एक १६ वर्षीया किशोरी बलात्कार आरोपमा रुकुम (पूर्व) बाट एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा  सिस्ने गाउँपालिका–८ बस्ने २४ वर्षीय सञ्जय नाथ रहेका छन् ।  स्थानीय १६ वर्षीया एक किशोरीलाई बलात्कार गरेको अभियोग सहितको जाहेरी परे पछि जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व)ले निजलाई पक्राउ गरेको जनाएको हो ।  

अभियुक्तलाई पक्राउ गरि अदालतमा म्याद थप गरि अनुसन्धान अगाडि बढाइएको रोल्पाका जिल्ला प्रहरी प्रमुख डिएसपी गणेश श्रेष्ठले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप