जनगणनाबारे आदिवासी जनजातिको ८ बुँदे ध्यानाकर्षण : आफ्नै धर्म लेखाऔँ
आजदेखि सुरु भएको १२ औं राष्ट्रिय जनगणनामा आफ्नै मौलिक धर्म लेखाउन आदिवासी जनजाति महासंघले अपील गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै महासंघले ८ बुँदे ध्यानाकर्षण गराएको छ । ध्यानाकर्षण पत्रमा आ–आफ्नो जाति र जनजातिको नाम, मातृभाषा, पुख्र्यौली भाषा, धर्म प्रष्ट रूपमा लेख्न लगाउन आग्रह गरेको छ ।
अन्य पक्षले जबर्जस्ती थोपरेको धर्म नलेखाउन भन्दै महासंघले जाति, भाषा, धर्मबारे आफू सङ्लग्न र सम्बन्धित आदिवासी जनजाति समुदायको प्रतिनिधिमूलक संघ–संस्थाले गरेको निर्णयअनुरुप लेखाउन, जाति, धर्म, मातृ भाषाजस्ता महल दुरुस्त भरे नभरेको हेर्न पनि आग्रह गरेको छ ।
यस्तै परिवारका सख्या अक्सर घरैमा बसोबास गर्नेको संख्या लेखाउन, परिवारमा अक्सर नबस्ने स्वदेशमा वा विदेशमा बसोबास गर्नेको सख्या खुलाउन भनिएको छ । ३० पूरा भएको उमेर, वैवाहिक स्थिति १० वर्षभन्दा माथिकाले मात्र, पढ्न–लेख्न जानेको र नजानेको, यदि जानेको भए कतिसम्म पास गरेको र कलेज, विश्वविद्यालय स्तर उत्तीर्ण गरेको भए कुन विषयमा कति भन्ने प्रष्टसँग लेखाउन आग्रह गरिएको छ ।
यस्तै प्रश्नावली भरिरहँदा गणकले विभिन्न कोड भर्दा सही कोड भरेको–नभरेको बारे एकिन गर्न, गणकले पेन्सिल वा मेट्न मिल्ने सामग्रीले लेखेको छ भने डटपेन प्रयोग गर्न लगाउन पनि भनेको छ । नेपाल आदिवासी जनजाति महासंघ, संघीय परिषद् सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘हाम्रा जनसांख्यिक विशेषता जे हो, जनगणनामा त्यही देखिनुपर्छ ।
दशकौँदेखि आदिवासी जनजातिहरूले त्यही भन्दै आएका छन् । तर पनि विगतका जनगणनाको परिणाम हाम्रा लागि कतिपय अवस्थामा तथ्याङ्क होइन, मिथ्याङ्क साबित भयो । अब मिथ्याङ्क मात्र भन्दै हात बाँधेर बस्नु हुँदैन, बरू सही तथ्याङ्क बनाउन सक्रिय हुनु आवश्यक छ । यस पटकको जनगणनालाई आदिवासी जनजातिहरूले सही तरिकाले प्रयोग गर्दै हाम्रो सामाजिक संरचनाको वस्तुगत विशेषता र बहुलता अनुसारको जनगणना बनाऔँ । यसको लागि अबको पन्ध्र दिन जागरूक रहौँ ।’
विज्ञप्तिमा वास्तविक तथ्याङ्क सङ्कलनका लागि आ–आफ्नो ठाउँबाट खबरदारी गर्दै उपयोग गर्न र तथ्याङ्कको राजनीति बुझ्न, हस्तक्षेप बढाउन र प्रतिरोध सिर्जनाका लागि आधार बनाउन आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण