बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानन्यायाधीशले तोके १७७ वटा मुद्दाको पेसी, अधिकांश मुद्दा बन्दी प्रत्यक्षीकरण बाहेकका

बिहीबार, २५ कात्तिक २०७८, ११ : १८
बिहीबार, २५ कात्तिक २०७८

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बिहीबार १७७ मुद्दाको पेसी तोकेका छन् । प्रधानन्यायाधीशले तोकेको पेसीमा अधिकांश बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा रहेका छन् ।  न्यायाधीशहरूले प्रधानन्यायाधीशले मार्ग प्रशस्त गर्नुपर्ने भन्दै इजलास बहिष्कार गर्दै आएका छन् ।

पछिल्लो समय दुई पक्षीय छलफलमा बन्दीप्रत्यक्षीकरणको मुद्दा भने हेर्न न्यायाधीशहरु सहमत भएका छन् । तर, आज इजलास गठन गर्ने बेला प्रधानन्यायाधीशले अधिकांश मुद्दा बन्दी प्रत्यक्षीकरणभन्दा बाहेकको रहनेगरी पेशी तोकेका हुन् । 

प्रधानन्यायाधीशले न्यायाधीशहरु दीपककुमार कार्की र प्रकाशमान सिंह राउत, मीरा खड्का र तेजबहादुर केसी, हरिकृष्ण कार्की, आनन्दमोहन भट्टराई र सुष्मालाल माथेमा, विश्वम्भरप्रसाद श्रेष्ठ र नहकुल सुवेदी, विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलास, बमकुमार श्रेष्ठ र कुमार रेग्मी, प्रकाशकुमार ढुंगाना र कुमार चुडाल, नहकुल सुवेदीको एकल इजलास र आफ्नै पूर्ण गरी ९  इजलास गठन गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप