ad
x
बुस्टरको बहस

स्वास्थ्य अनुसन्धान परिषद् भन्छ, ‘अब बुस्टर खोपको अध्ययन सुरु गरौँ’

पूर्ण मात्रामा खोप लगाउनेहरूको एन्टीबडी घट्दै गयो

person explore access_timeकात्तिक २५, २०७८ chat_bubble_outline0

धेरै यूरोपियन देशहरूले कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको पूर्ण खोप लगाएकाहरूलाई बुस्टर खोप अर्थात् अतिरिक्त मात्रा दिन सुरु गरेका छन् । पूर्ण मात्रा खोप लगाएकाहरूको एन्टीबडी क्रमशः घट्दै गएको विभिन्न अध्ययनले देखाउँछ ।


नेपाल स्वास्थ्य अनुसन्धान परिषदद्वारा गरिएको एक अध्ययनबाट पनि क्रमशः एन्टीबडी घट्दो क्रममा देखिएको थियो । त्यसैले बुस्टर खोपका बारेमा अध्ययन तथा अनुसन्धानको आवश्यकता देखिएको खोप विज्ञहरूको भनाइ छ । नेपालमा पहिलो पटक गत माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप लगाइन सुरु गरिएको थियो । यस हिसाबले पूर्ण खोप लगाएको ६ महिना पुगिसकेको छ । 



खोप लगाएको ६ महिना कटेपछि रोग प्रतिरोधात्मक क्षमतामा ह्रास हुँदै गएको अध्ययनहरूले देखाएकाले बुस्टर खोपबारे अध्ययनको आवश्यकता रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग विषेशज्ञ डा.शेरबहादुर पुन बताउँछन् ।





पूर्ण मात्रामा खोप लगाउनेहरूको एन्टीबडी विकास भएपनि पछि क्रमशः घट्दै गएको हुँदा अध्ययन आवश्यक रहेको स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ । परिषद्ले करिब डेढ महिनाअघि कोभिशिल्ड, भेरोसेल र अन्य खोप लगाएका र नलगाएका १ हजार ४४८ जनाको सहभागिता एन्टीबडीबारे अध्ययन गरेको थियो ।



जसमध्ये ८१ प्रतिशतले खोप लगाएका थिए । त्यसमा पनि कोभिशिल्ड लगाउने ८५.२ प्रतिशत थिए भने भेरोसेल लगाउने १४.५ प्रतिशत थिए । खोप कार्यक्रममा सहभागीमध्ये ६१ प्रतिशतमा एन्टीबडी रहेको अध्ययनले देखाएको छ ।



पूर्ण मात्रा खोप लगाएकाहरूमा कति महिनासम्म काम गर्न सक्छ भनेर गहन रुपमा थप अध्ययनको आवश्यक रहेको डा.पुन बताउँछन् । केही समय अघि एनएचआरसीले पूर्ण मात्रा खोप लगाएकाको अध्ययनमा केही समयपछि खोपको एन्टीबडी खस्कँदै गएको देखाएकाले पनि बुस्टर खोपबारे अध्ययनको विषय बनेको डा.पुनको भनाइ छ ।



खोप लगाएको दिनदेखि तुलना गरेर र दोस्रो महिनामा नमुना संकलन गर्दा ८२.३३ प्रतिशत सहभागीमा एन्टीबडी देखिएको भने चौथो महिनामा एन्टीबडी घटेर ४३.७५ मात्र देखिएको थियो । विदेशमा बुस्टर खोप दिने क्रम सुरु हुँदा नेपालमा पनि बहस चल्न थालेको छ ।

डा.शेरबहादुर पुन

पूर्ण मात्रा खोप लगाएकाहरूमा कति महिनासम्म काम गर्न सक्छ भनेर गहन रुपमा थप अध्ययनको आवश्यक रहेको डा.पुन बताउँछन् । केही समय अघि एनएचआरसीले पूर्ण मात्रा खोप लगाएकाको अध्ययनमा केही समयपछि खोपको एन्टीबडी खस्कँदै गएको देखाएकाले पनि बुस्टर खोपबारे अध्ययनको विषय बनेको डा.पुनको भनाइ छ ।

बुस्टर खोपको विषयमा थप अध्ययनको आवश्यकता पर्ने खोप विज्ञ सल्लाहकार समितिका सदस्य तथा खोप विज्ञ डा. श्यामराज उप्रेती पनि बताउँछन् । यद्यपि नेपालमा धेरै मानिस पहिलो खोपकै पखाईमा रहेकाले बुस्टर मात्रा तत्काल दिनुपर्छ भनेर बहस चलाइनु उपयुक्त नहुने खोपविज्ञ उप्रेतीको भनाइ छ ।

नेपालको कुल जनसङ्ख्यामा पूर्ण मात्रा खोपको पहुँच पुर्याउँदै बुस्टर खोपको विषयमा पनि बहस चलाउनुपर्ने डा. पुनको ठहर छ । बुस्टर मात्राका विषयमा बहस र अध्ययनलाई अगाडि बढाउँदा असान्दर्भिक नहुने डा. पुन बताउँछन् ।

‘सबै नागरिकले पूर्ण मात्रा खोप पाउनुपर्छ,’ डा. पुनले भने, ‘पूर्ण मात्रामा खोप लगाएकाहरूको एन्टीबडी क्रमशः घट्दै जाने अध्ययनले देखाएकाले बुस्टर मात्रा कस्ता ककसलाई दिंदा उपयुक्त हुन्छ भनेर अध्ययन र बहस गरिनुपर्छ ।’

धेरै देशहरूले कोभिड—१९ विरुद्धको खोप पर्याप्त मात्रामा जुटाउन सकेका छैनन् । खोप सल्लाहकार समितिका खोपविज्ञ डा. उप्रेती भन्छन्, ‘एन्टीबडी घट्दै जानु प्राकृतिक प्रक्रिया भएपनि कति महिनासम्म खोपले काम गर्छ । अतिरिक्त खोप लगाउनु पर्छ पर्दैन ? भन्नेबारे नेपालमा पनि अध्ययनको विषय हो ।’

खोप सल्लाहकार समितिको विज्ञ समूहले पनि बुस्टर खोपबारे केही निर्णय गरेको छैन । यस्तै विश्व स्वास्थ्य संगठनको सिफारिस नआउँदासम्म बोस्टर खोपबारे नेपालले केही भन्ने अवस्था नरहेको प्रवक्ता पौडेल बताउँछन् । 

बुस्टर खोप दिइरहेका देशहरूले सबै नागरिकलाई बुस्टर खोप नदिएर दीर्घरोगी तथा वृद्धवृद्धालाई दिएको डा.पुन बताउँछन् । नेपालमा दीर्घरोगी वृद्धवृद्धाले खोप पाइसकेको अवस्थामा उनीहरूको एन्टीबडीबारे अध्ययन गरेर त्यसको आधारमा जोखिममा रहेकालाई प्राथमिकता राखेर बुस्टर खोपबारे सम्बन्धित निकायले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

बुस्टर खोपबारे स्वास्थ्य मन्त्रालयको भनाइ

कुल जनसंख्याको २८.८ प्रतिशतले एक मात्रा र २४.६ प्रतिशतले पूर्णमात्रा खोप लगाएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा.कृष्ण प्रसाद पौडेल भन्छन्, ‘वर्तमान समयमा कसरी हुन्छ पूर्ण मात्रा सबैमा खोपको पहुँच बढाउँदै लैजानुपर्छ, त्यसपछि बुस्टर खोपबारे छलफल गर्नुपर्छ ।’

त्यसो त खोप सल्लाहकार समितिको विज्ञ समूहले पनि बुस्टर खोपबारे केही निर्णय गरेको छैन । यस्तै विश्व स्वास्थ्य संगठनको सिफारिस नआउँदासम्म बोस्टर खोपबारे नेपालले केही भन्ने अवस्था नरहेको प्रवक्ता पौडेल बताउँछन् । खोपको उपलब्धता पर्याप्त भएको केही देशमा बुस्टर खोप अगाडि बढाइएको छ । तर, नेपालले चाहेर पनि खोप पाएको अवस्था छैन ।

विश्व स्वास्थ्य संगठनद्वारा बुस्टर खोप नदिन निर्देशन 

कोरोना भाइरसको भेरियन्ट परिर्वनत भइरहँदा पूर्ण खोप लगाएका धनी राष्ट्रले आफ्ना नागरिकलाई बुस्टर खोप दिइरहेका छन् । तर, विश्व स्वास्थ्य संगठनका निर्देशक डा. टेड्रोस एड्होनम गेब्रियससले सबै देशले डेल्टा भेरियन्टबाट आफ्ना जनताको जीवनरक्षा गर्न चाहेर पनि बुस्टर खोपको विषयलाई स्वीकार नगर्ने बताएका थिए ।

धेरैजसो खोपमा प्रायः प्रारम्भिक श्रृङ्खला र बुस्टर हुन्छ । अर्थात् बुस्टर मात्रा भनेको खोपको अतिरिक्त मात्रा हो ।

डब्ल्यूएचओले बुस्टर खोपलाई प्राथमिकतामा नपारेर खोपको पहुँच विश्वभर फैलाउनुपर्ने बताउँदै आएको छ । यस्तै, डब्ल्यूएचओले नैतिकताको आधारमा भएपनि बुस्टर अभियनलाई रोक्न समेत आग्रह गरेको छ । तर, अमेरिकाले फाइजर र मोडना लगाएको ८ महिनापछि स्वास्थ्यस्थितिका आधारमा बुस्टर खोप लगाउन आग्रह गरेको छ ।

इजरायलले सबैभन्दा अघि आप्mना नागरिकलाई बुस्टर खोप दिएको हो । यस्तै, यूएई, चीन, चिली, उरुग्वे, थाईल्याड, फ्रान्स, जर्मनी लगायतका राष्ट्रले बुस्टर खोप दिइरहेका छन् ।

के हो बुस्टर खोप ?

धेरैजसो खोपमा प्रायः प्रारम्भिक श्रृङ्खला र बुस्टर हुन्छ । अर्थात् बुस्टर मात्रा भनेको खोपको अतिरिक्त मात्रा हो । प्रारम्भिक श्रृङ्खला भन्नाले केही महिना वा वर्षको फरकमा लगाइने एक वा त्यसभन्दा बढी खोपको डोज अर्थात् मात्रा भन्ने बुझिन्छ, यसले व्यक्तिलाई ब्याक्टेरियल वा भाइरल सङ्क्रमणबाट आधारभूत सुरक्षा प्रदान गर्छ । धेरै भाइरल संक्रमणका लागि बुस्टर खोप सामन्य हो । उदाहरणका लागि मौसमी फ्लूको प्रत्येक वर्ष बुस्टर खोप लगाउनुपर्छ । यस्तै,  भाइरसले आफ्नो अनुवांशिक गुण परिवर्तन गरिरहेको हुनाले खोप हरेक वर्ष परिवर्तन हुन्छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।