मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपूरमा छठ पर्व सम्पन्न

बिहीबार, २५ कात्तिक २०७८, ०८ : ४३
बिहीबार, २५ कात्तिक २०७८

छठ पर्वका अवसरमा ब्रतालुहरुले बिहीबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व समापन गरेका छन् । तलाउ तथा पोखरीहरूको सहर भनेर चिनिने जनकपुरमा ब्रतालुहरुले तलाउ तथा पोखरी छेउ बनाइएका घाट अगाडि स्नान गरी उदाउँदो सूर्यलाई अर्घ्य दिएका हुन् ।

छठ पर्व उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि ब्रत समापन हुन्छ । ब्रतालुहरुले बुधबार रातभर तलाउ, पोखरी तथा नदी किनारमा बनाइएका घाटमा बसेर दीप प्रज्वलन गरी छठ माताको आराधना गरेका थिए । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप