मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

बिग बोस : १५ औँ सिजनको टीआरपी लगातार गिर्दो, चाँडै सक्ने तयारी

बिहीबार, २५ कात्तिक २०७८, ०७ : ४८
बिहीबार, २५ कात्तिक २०७८

बिग बोसको पछिल्ला सबै सिजनले टीआरपीको सबै रेकर्ड तोड्दै आएकोमा कार्यक्रमको १५ औँ सिजनको टीआरपी भने लगातार गिर्दो क्रममा रहेको छ । शमिता शेट्टी, करण कुन्द्रा, तेजस्वी प्रकाशजस्ता ठूला नाम जोडिए पनि कार्यक्रमले टीआरपी हासिल गर्न असफल देखिएको हो । यसअघि शोको लोकप्रियतालाई हेर्दै शोको समयलाई थप गरिएको थियो तर यो सिजन खराब टीआरपीका कारण निर्माताहरुले कार्यक्रमलाई निर्धारित समयभन्दा अगाडि नै सक्ने तयारी गरेको बताइएको छ ।

शुरुवातबाट नै बिग बोस १५ को आलोचना हुँदै आएको छ । फ्यानहरूको आरोप छ, निर्माताहरुले शमिता शेट्टीको तारिफ गर्दै उनलाई बढी हाइलाइट गर्ने गरेका छन् । यसबाहेक खेलमा करण कुन्द्रा, तेजस्वी प्रकाश र शमिता शेट्टी राकोश वापटको प्रेमलाई बढी हाइलाइट गरिएको उनको आरोप छ । शोका धेरै प्रतियोगीले घरको नियम तोड्दै गरेको देख्न सकिन्छ भने उनीहरूलाई कुनै सजाय दिइएको छैन । धेरै टास्कहरु पुरा गर्न अघि नै रद्द गरिएको छ । सलमान खानलाई ल्याउँदा पनि कार्यक्रमले मनोरञ्जन दिन सकिरहेको छैन ।

पछिल्लो कयौँ सिजन र विकेन्ड वारलाई टीआरपी दिने सलमान पनि यस वर्ष असफल भइसकेका छन् । उनको लोकप्रियतालाई हेर्दै यो सिजन उनलाई ५ सय करोड भारु पारिश्रमिक दिइएको थियो । यसका बाबजुद पनि प्रिमियर नाइटदेखि विकेन्ड एपिसोडले टीआरपी पाउन सकेन । निर्माताले जंगल थीममा पनि ठूलो लगानी गरे पनि त्यसले पनि परिणाम दिन सकिरहेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप