शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आज मौसम सफा रहने

बिहीबार, २५ कात्तिक २०७८, ०७ : ३५
बिहीबार, २५ कात्तिक २०७८

मौसम पूर्वानुमान महाशाखाले आज नेपालमा  कुनै उल्लेखनीय मौसमी प्रणालीको असर नपरेकोले देशभरको मौसम सफा रहने जनाएको छ । महाशाखाले जारी गरेको मौसम पूर्वानुमानका अनुसार देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।

महाशाखाले आज दिउँसो र रातिको मौसम पनि सफा रहने जानकारी दिएको छ । पूर्वानुमानका अनुसार दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने साथै, राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । 
 
यस्तै, शुक्रबार दिउँसो र राति देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहने छ। 

त्यसैगरी, शनिबार दिउँसो र राति पनि देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जारी पूर्वानुमानमा उल्लेख गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप