मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरमा यसरी मनाइयो छठ पर्व (तस्बिरहरु)

बुधबार, २४ कात्तिक २०७८, १९ : ०४
बुधबार, २४ कात्तिक २०७८

जनकपुरधाम । छठ पर्वका अवसरमा ब्रतालुहरुले बुधबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् । तलाउ तथा पोखरीहरूको सहर भनेर चिनिने जनकपुरमा ब्रतालुहरुले तलाउ तथा पोखरी छेउ बनाइएका घाट अगाडि स्नान गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् ।
बिहीबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि ब्रत समापन हुन्छ । ब्रतालुहरु आज रातभर तलाउ, पोखरी तथा नदी किनारमा बनाइएका घाटमा बसेर दीप प्रज्वलन गरी छठ माताको आराधना गर्दछन् ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप