राष्ट्रपतिद्वारा अस्ताउँदो सूर्यलाई अर्घ्य, तस्बिरहरु
राष्ट्रपति विद्यादेवी भण्डारी छठ पर्वको उपलक्ष्यमा आज कमलपोखरीमा पुगेर पूजा अर्चना गरेकी छन् । राष्ट्रपति भण्डारीले अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य पनि दिएकी थिइन् । कमलपोखरीअघि राष्ट्रपति भण्डारी गौरीघाट पनि पुगेकी थिइन् ।
छठ पर्वको मुख्य दिन बुधबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको तथ्य सूर्य पुराणमा उल्लेख छ । संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । सूर्यको शक्तिविना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सा माथि कैयौँ चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षा कोष ७ औँ वर्षमा प्रवेश, १७ लाख ९७ हजार श्रमिक आबद्ध
-
मिटरब्याजी आरोपमा प्रदीप मौर्य पक्राउ
-
३३ अंकले बढ्यो नेप्से, ३ कम्पनीमा सकारात्मक सर्किट
-
मूल्य घटसँगै सुन किन्नेको भिड, तस्बिरमा हेर्नुहोस्
-
चुडामणी शर्माको मुद्दामा सर्वोच्चले झिकायो विपक्षी
-
महेश पाण्डेको बयान : घुम्न जान्छु भनेपछि कञ्चन देवकोटालाई जापान पठाएको हुँ