बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘रियल मी जिटी नियो २’ सार्वजनिक

बुधबार, २४ कात्तिक २०७८, १६ : ११
बुधबार, २४ कात्तिक २०७८

स्मार्ट फोन ब्रान्ड रियल मीले नेपाली बजारमा  फागसिप किलर ‘रियल मी जिटी नियो २’ ल्याएको छ । बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै कम्पनीले उक्त स्मार्ट फोन सार्वजनिक गरेको हो । 

रियल मी जिटी नियो २, ८ जिबी ¥याम र १२८ जिबी रोम स्टोरेजका साथमा आएको छ । ५ हजार एचएएच् ब्याट्रीको पावरमा उपलब्ध फोनले हालसम्मकै पहिलो पटक रियल मी जिटी नियो २ मा ८ तहका तीन आयामको तापक्रम नियन्त्रण गर्ने क्षमता राख्ने कम्पनीको दाबी छ । 

उक्त ब्याट्रीले ६५ वाट सुपरडार्ट चार्जिङलाई सपोर्ट गर्ने हुनाले मात्र ३६ मिनेटमा फोन फुल चार्ज हुने कम्पनीले जनाएको छ ।  उच्च प्रविधि र क्षमताले फोनलाई किफायतीका साथै गेमिङ मैत्री समेत बनाएको कम्पनीले जनाएको छ । 
तीन भेरियन्टमा उपलब्ध रियल मी जिटीको मूल्य ५४ हजार १९९ तोकिएको र शुरूका ग्राहकहरुले तोकिएको भन्दा तीन हजार रुपैयाँ कम मूल्यमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप