एमालेले महाधिवेशन खर्च पार्टी सदस्यबाटै उठाउने, एक जनाले सय रुपैयाँ दिनुपर्ने
नेकपा एमालेको आगामी मंसिर १० देखि १२ सम्म हुने दशौं राष्ट्रिय महाधिवेशनमा खर्च हुने रकम पार्टी सदस्यहरुबाटै उठाउने भएको छ । बुधबार बसेको एमालेको १० औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिको बैठकले प्रत्येक पार्टी सदस्यबाट कम्तिमा रु १ सयका दरले संकलन गर्ने निर्णय गरेको हो । उक्त रकम पार्टी सदस्यहरुले अनलाइनमार्फत पार्टीको खातामा जम्मा गर्नुपर्ने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । उनका अनुसार आजका मितिसम्म देशभर एमाले संगठित सदस्य ७ लाख २० हजार रहेका छन् । ती सदस्यबाट एक सयका दरले उठाउँदा ७ कराेड २० लाख रकम जम्मा हुने उनको भनाइ छ ।
बुधबारको बैठकमा विभिन्न उपसमितिहरूले पेश गरेका प्रतिवेदन र कार्ययोजनामाथि छलफल गर्दै परिमार्जनसहित पारित गरेको छ । चितवनको नारायणी किनारमा अध्यक्ष केपी ओलीले मंसिर १० गते १२ बजे उद्घाटन गर्ने एमाले महाधिवेशनको उद्घाटन सत्रमा चितवन र आसपासका जिल्लाबाट व्यापक जनपरिचालन गर्ने एमालेले जनाएको छ । महाधिवेशन उद्घाटन सत्रमा कम्तिमा ५ लाखको जनसहभागिता जुटाउने एमालेले जनाएको छ ।
महाधिवेशनमा विदेशी ६२ मुलुकका राजनीतिक पार्टीलाई अतिथिका रुपमा बोलाउने एमालेले जनाएको छ । उनीहरुलाई निमन्त्रणा पठाइसकेको प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिए ।
त्यस्तै मुल व्यवस्थापन समितिको बैठकले कात्तिक २७ गते देशभरीका १९९९ जना महाधिवेशन प्रतिनिधि छनोट गर्ने र उनीहरुको विवरण ३० गतेभित्र केन्द्रमा उपलव्ध गर्न निर्देशन समेत दिएको छ । एमाले महाधिवेशनको बन्द सत्र सौराहामा गर्ने तयारी गरेको एमालेले सोही आसपासका होटलमा प्रतिनिधिहरूलाई आवासको व्यवस्था मिलाएको छ । महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई महाधिवेशन स्थलमै सामुहिक खानाको व्यवस्था मिलाइने एमालेले जनाएको छ । विद्युतीय प्रणालीमार्फत मतदानको व्यवस्था मिलाएको एमालेले १० गते उद्घाटन सकेपछि ११ गते निर्वाचन प्रक्रिया आरम्भ गर्ने र १२ गते नै परिणाम घोषणा गर्ने तयारी गरेको छ ।
एमालेले महाधिवेशनको प्रचार प्रसार भित्तेलेखन र पोष्टर पम्प्लेटबाट नगरी डिजिटल माध्यमबाट गर्ने र त्यसका लागि सोसल मिडिया र सामाजिक सञ्जाल प्रयोग गर्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण