मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

डा.आचार्यलाई उत्सर्ग राष्ट्रिय संगीत पुरस्कार

बुधबार, २४ कात्तिक २०७८, १६ : ०२
बुधबार, २४ कात्तिक २०७८

लोक संस्कृतिविद् डा.गोविन्द आचार्यलाई ‘उत्सर्ग राष्ट्रिय संगीत पुरस्कार’ प्रदान गरिने भएको छ । लोकगायक तथा संगीतकार समेत आचार्यलाई उत्सर्ग फिल्मस् नेपालले रु.२५ हजार राशीसहित उक्त पुरस्कार प्रदान गर्न लागेको हो ।
मंसिर २५ गते दाङमा आयोजना हुने ‘उत्सर्ग संगीत अवार्ड’मा आचार्यलाई उक्त पुरस्कार प्रदान गरिनेछ । आचार्यले नेपाली कला संस्कृतिमा पुर्याएको योगदानको सम्मान गर्दै पुरस्कार दिन लागिएको अवार्ड आयोजक समितिका अध्यक्ष केएल पीडितले बताए ।

२०३८ सालदेखि सांगीतिक यात्रा शुरु गरेका लोकगायक, संगीतकार एवं लोक संस्कृतिविद् डा.आचार्यले लोक, आधुनिक र दोहोरी गरी २ सय गीतमा स्वर दिएका छन् भने ५ दर्जन आधुनिक गीतमा संगीत भरेका छन् । आँखी लाउने गाजलु, देउरालीको डाँडाबाट कल्ले बोलायो, माया लाउँ त मायालु पाइन, बिर्सेछ्यौ कि मायालु काफल खाएको बोलका गीत आचार्यका निकै लोकप्रिय छन् ।

डा.आचार्यले संगीत भरेका गीतहरूमध्ये यम बरालको स्वर रहेको मरेको लास नराख घरमा, लोचन भट्टराईको स्वर रहेको म तड्पिएको हेर्ने हौ भने र दिपक लिम्बुको स्वर रहेको सुनगाभा सरी निकै चर्चित छन् । आचार्यका लोकसाहित्य तथा लोक संस्कृतिका अनुसन्धानमूलक १ दर्जन र अन्य गरी २५ पुस्तक प्रकाशित छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप