चुनावसम्म गठबन्धनबीच सहकार्य जारी रहन्छ : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले अहिलेको पाँच दलीय गठबन्धनको सहकार्य कम्तीमा आगामी चुनावसम्म जारी रहने बताएका छन् । उनले गठबन्धन लामो समय जान पनि सक्ने, नभए पनि कम्तीमा चुनावसम्म सहकार्य गरेरै आगाडि जाने प्रस्ट पारे ।
बुधबार भैरहवा नेपाल महिला संघ रुपन्देहीले आयोजना गरेको कार्यक्रममा गृहमन्त्री खाणले नेपाली काँग्रेस पनि गुमेको साख फिर्ता लिन गठबन्धनबीचको सहकार्यलाई जारी राख्नुपर्ने पक्षमा रहेको बताए । उनले गठबन्धनबिना काँग्रेस पनि सुरक्षित हुन नसक्ने भन्दै गठबन्धन कायम राखेरै चुनावमा जानुपर्ने प्रस्ट पारे ।
उनले पार्टी सभापति र प्रधानमन्त्री एउटै व्यक्ति हुनुपर्ने पनि बताए । उनले नेपाली काँग्रेसको स्थायित्व, सवलीकरण र आउँदो स्थानीय निर्वाचन र आमनिर्वाचन सफल बनाउनका लागि नेपाली काँग्रेसको सभापति र प्रधानमन्त्री एउटै हुनुपर्ने तर्क अगाडि सारे ।
वडा तह हुँदै केन्द्रीय निर्वाचन गर्ने पार्टी नेपाली काँग्रेसमात्रै रहेको बताउँदै खाणले नेपाली काँग्रेसलाई सवल, सक्षम र जिम्मेवार पार्टीको रुपमा अगाडि बढाएर पहिलो पार्टी बनाइने दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अक्षय तृतीया : दर्शनार्थीका लागि डोलेश्वरमा चारै ढोका खुल्ला
-
ब्रिटिस काउन्सिलद्वारा नेपालमा अन्तर्देशीय शिक्षासम्बन्धी अनुसन्धान सार्वजनिक
-
पशुपति क्षेत्र विकास कोषको ऐन समय सापेक्ष परिमार्जन गर्छौँ –मन्त्री पाण्डे
-
कञ्चनपुरको लालझाडीमा एक युवक मृत फेला
-
‘डिजिटल प्रविधिको लत जसरी सोचेभन्दा कैयौँ गुणा भयानक’ : यादव भट्टराई
-
शिक्षक आन्दोलनसम्बन्धी रिटमाथि सुनुवाइ सकियो