कार्तिक २८ देखि बालबालिकालाई फाइजरको खोप

सरकारले कोभिड–१९ विरुद्धको फाइजर खोप कार्तिक २८ अर्थात् आइतबार १२ वर्ष उमेरभन्दा माथिका दीर्घ रोगीलाई लगाइने भएको छ । कोभ्याक्स सुविधा मार्फत अमेरिकाले १ लाख मात्रा खोप उपलब्ध गराएको फाइजर खोप दीर्घरोगी बालबालिकालाई लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । फाइजर खोपको पहिले मात्रा कार्तिक २८ देखि मङ्सिर ४ गते लगाइने छ भने दोस्रो मात्रा मङ्सिर २७ देखि पुस २ गतेसम्म दिने भएको छ । खोप काठमाडौँ उपत्यकाभित्रका ८ र बाहिरका १६ गरी २४ वटा अस्पतालमा खोप केन्द्रमा लगाइने भएको छ ।
फाइजर खोप पाउने लक्षित दीर्घ रोगी समूह
— मुटुको शल्यक्रिया गराएका वा औषधी सेवन गरिरहेका
— मिर्गौला फेरेका डायलाइसिस गराइरहेका वा औषधि सेवन गरिरहेका
— जुनसुकै प्रकारका क्यान्सरको उपचार गराइरहेका
— फोक्सो सम्बन्धी रोगको औषधि सेवन गरिरहेका
—अङ्ग प्रत्यारोपण रोगको औषधि सेवन गरिरहेका
—अङ्ग प्रत्यारोपण गरेका
—उच्च रक्तचाप वा मधुमेह भई उपचार गराइरहेका
—रोग प्रतिरोधात्मक क्षमता कम भएको अवस्थाका
—मस्तिष्क र मस्तिष्कका रक्तनली सम्बन्धी रोग भएका
यी हुन् आइतबारबाट खोप लगाइने २४ अस्पताल
वीर अस्पताल
त्रिवि शिक्षण अस्पताल
निजामती सेवा अस्पताल
सहिद गंगालाल हृदय केन्द्र
भक्तपुर क्यान्सर अस्पताल
पाटन अस्पताल
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र
वीरेन्द्र सैनिक अस्पताल
यी हुन् खोप दिने उपत्यका बाहिरका अस्पताल
मेची अस्पताल
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
जनकपुर अस्पताल
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल
गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान
लुम्बिनी प्रादेशिक अस्पताल
भेरी अस्पताल
डडेलधुरा अस्पताल
कोशी अस्पताल
गजेन्द्र नारायण सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान
नारायणी अस्पताल
धुलिखेल अस्पताल
धवलागिरि अस्पताल
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान
कर्णाली प्रादेशिक अस्पताल
सेती अस्पताल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्रीले शुक्रबार राज्यव्यवस्था समितिमा तीनकुने घटनाबारे जानकारी गराउने
-
टोखाबाट चोरी भएको मोटरसाइकल भक्तपुरमा फेला
-
हामीले सरकार बनाउने र ढाल्ने खेलमा बढी समय दियौँ, अब वर्गतिर फर्किन्छौँ : प्रचण्ड
-
भ्रमणबाट नेपाल र थाइल्याण्डबिचको आपसी सम्बन्ध नयाँ उचाइमा: प्रधानमन्त्री ओली
-
भुँइचालो गएको यतिका दिनपछि पनि म्यानमारमा ढल्दैछन् घरहरू
-
राष्ट्रिय सहकारी नियमन प्राधिकरण कस्तो हुनुपर्छ ?