शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले डडेलधुराका अध्यक्ष जोशीसहितका नेताहरु माधव नेपालको पार्टीमा प्रवेश

बुधबार, २४ कात्तिक २०७८, १५ : ०९
बुधबार, २४ कात्तिक २०७८

नेकपा एमाले डडेलधुराका तत्कालीन अध्यक्ष डा. तारा जोशी नेतृत्वको टोली माधव नेपालले  नेतृत्व गरेको नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेको छ । बुधबार डडेलधुरामा आयोजित कार्यक्रममा नेता जोशसहित तत्कालिन एमाले जिल्ला कमिटीका ७५ प्रतिशत सदस्य एमाले छोडेर समाजवादीमा प्रवेश गरेका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम लगायतका केही स्थानमा दश बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै असन्तुष्ट बनेका उनीहरु माधव नेपालको पार्टीमा प्रवेश गरेका हुन् । 

जोशीलाई डडेलधुरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा एकीकृत समाजवादी अध्यक्ष नेपालले स्वागत गरेका छन् । पार्टी प्रवेशपछि जोशीले एमाले अध्यक्ष ओलीले १० बुँदे सहमति विपरित गतिविधि गरेकाले सुदूरपश्चिममा एमालेमा तीव्र असन्तुष्टि रहेको बताए ।

डा. जोशी निर्वाचित जिल्ला अध्यक्ष थिए । तर उनको ठाउँमा ओलीले प्रकाश साउदलाई अध्यक्षको जिम्मा दिएका थिए । जोशीसँगै प्रेस चौतारी लगायत एक दर्जन जनवर्गीय संगठनका प्रतिनिधि समेत समाजवादीमा प्रवेश गरेको सो पार्टीका स्थायी कमिटी सदस्य भानुभक्त जोशीले जानकारी दिए । 

बुधबार नै सो पार्टीले दार्चुला जिल्ला कमिटी घोषणा गरेको छ । वीरबहादुर ठगुन्नाको नेतृत्वमा ५१ सदस्यीय जिल्ला कमिटी गठन गर्दै अध्यक्ष नेपालले उनीहरुलाई सपथग्रहण गराएको नेता जोशीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप