एमाले डडेलधुराका अध्यक्ष जोशीसहितका नेताहरु माधव नेपालको पार्टीमा प्रवेश
नेकपा एमाले डडेलधुराका तत्कालीन अध्यक्ष डा. तारा जोशी नेतृत्वको टोली माधव नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेको छ । बुधबार डडेलधुरामा आयोजित कार्यक्रममा नेता जोशसहित तत्कालिन एमाले जिल्ला कमिटीका ७५ प्रतिशत सदस्य एमाले छोडेर समाजवादीमा प्रवेश गरेका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम लगायतका केही स्थानमा दश बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै असन्तुष्ट बनेका उनीहरु माधव नेपालको पार्टीमा प्रवेश गरेका हुन् ।
जोशीलाई डडेलधुरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा एकीकृत समाजवादी अध्यक्ष नेपालले स्वागत गरेका छन् । पार्टी प्रवेशपछि जोशीले एमाले अध्यक्ष ओलीले १० बुँदे सहमति विपरित गतिविधि गरेकाले सुदूरपश्चिममा एमालेमा तीव्र असन्तुष्टि रहेको बताए ।
डा. जोशी निर्वाचित जिल्ला अध्यक्ष थिए । तर उनको ठाउँमा ओलीले प्रकाश साउदलाई अध्यक्षको जिम्मा दिएका थिए । जोशीसँगै प्रेस चौतारी लगायत एक दर्जन जनवर्गीय संगठनका प्रतिनिधि समेत समाजवादीमा प्रवेश गरेको सो पार्टीका स्थायी कमिटी सदस्य भानुभक्त जोशीले जानकारी दिए ।
बुधबार नै सो पार्टीले दार्चुला जिल्ला कमिटी घोषणा गरेको छ । वीरबहादुर ठगुन्नाको नेतृत्वमा ५१ सदस्यीय जिल्ला कमिटी गठन गर्दै अध्यक्ष नेपालले उनीहरुलाई सपथग्रहण गराएको नेता जोशीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण