आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

भक्तपुरमा एमालेको ९ हजारभन्दा धेरै पार्टी सदस्य

बुधबार, २४ कात्तिक २०७८, ११ : ००
बुधबार, २४ कात्तिक २०७८

नेकपा एमालेको भक्तपुरमा पार्टी संगठित सदस्यको संख्या ९ हजार ४ सय २७ जना रहेको छ । जसमा निर्वाचन क्षेत्र नम्बर १ मा ३ हजार ३ सय ३४ र निर्वाचन क्षेत्र नम्बर २ मा ६ हजार ९३ जना रहेको एमाले भक्तपुरका अध्यक्ष बचन देउजाले जानकारी दिए । 

एमालेको दशौं राष्ट्रिय महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते चितवनमा हुँदैछ । महाधिवेशनमा सहभागी हुने प्रतिनिधिले आफ्नो भूगोलबाट चुनिएर आउनु पर्ने विधानमा व्यवस्था छ । प्रतिनिधि छनोटका लागि बिहीबार देशैभरि एकसाथ मनोनयन दर्ता हुने कार्यक्रम रहेको छ । २७ गते बिहानबाट देशभर महाधिवेशन प्रतिनिधि छनोटका लागि मतदान हुनेछ । 

एमालेका अनुसार हरेक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट १ हजार २ सय पार्टी संगठित सदस्यबाट कम्तिमा एक महिलासहित ३ जना महाधिवेशन प्रतिनिधिका रुपमा चुनिने छन् । जिल्ला र विशेष जिल्ला अन्तर्गत ५ सय सम्म दलित पार्टी सदस्य मध्येबाट निर्वाचित हुने १ जना प्रतिनिधि आउनेछन् । तीन प्रतिनिधिमध्ये एकजना महिला अनिवार्य हुने व्यवस्था गरिएको छ । 

केन्द्रीय सल्लाहकार परिषदबाट १५ जना र प्रदेश र सो सरहका कमिटीहरूबाट कम्तिमा २ महिलासहित ५ जनाका दरले प्रतिनिधि आउनेछन् । एमाले केन्द्रीय कार्यालयको अनुसार पार्टीको संगठित सदस्यको संख्या ७ लाख २८ हजार रहेको छ ।  ती सदस्यहरुबाट महाधिवेशनमा १ हजार ५ सय ५२ जना महाधिवेशन प्रतिनिधिको रुपमा चुनिएर आउने छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप