शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

चीन–भारतसहित विदेशका ६२ दललाई एमालेले पठायो महाधिवेशनको निम्तो

बुधबार, २४ कात्तिक २०७८, १४ : ४३
बुधबार, २४ कात्तिक २०७८

नेकपा एमालेले महाधिवेशनमा छिमेकी देशसहित विभिन्न देशका ६२ वटा राजनीतिक दलहरूलाई निम्तो पठाएको छ । आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने दसाैँ राष्ट्रिय महाधिवेशनमा भारत चीन लगायत विभिन्न देशका ६२ वटा राजनीतिक दललाई अतिथिका रूपमा निम्तो पठाएको एमाले केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार पार्टीको महाधिवेशनमा विदेशी अतिथि बोलाउने परम्परा अनुसार नै विभिन्न देशका राजनीतिक दलहरूलाई निम्तो पठाइएको हो । ‘हामीले छिमेकी मुलुकसहित ६२ वटा राजनीतिक दलका विशिष्ट अतिथिहरूलाई निम्तो पठाएका छौ’, श्रेष्ठले रातोपाटीसँग भने, ‘हाम्रो निम्तो स्वीकार गरेर कनफरमेसन कतिको आउँछ त्यसपछि मात्रै कुन कुन देशबाट अतिथिहरू आउनुहुन्छ भन्ने टुङ्गो लाग्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप