कैटरिना कैफको बिहेका लागि सलमानले सारे सुटिङ

बलिउड अभिनेता सलमान खान निरन्तर सुटिङमा व्यस्त छन् । यद्यपी, अहिले यी अभिनेताले टाइगर ३ को सुटिङ सारेका छन् । कैटरिना कैफ विवाहका लागि उनले सुटिङ सारेका हुन् । कैटरिनाले विक्की कौशलसँग विवाह गर्दैछिन् । ७ देखि १४ डिसेम्बरबीच यो विवाह हुने बताइएको छ । माधोपुरस्थित सिक्स सेन्सेस फोर्ट होटलमा हुने यस वैवाहिक समारोहमा सलमान खानसहित बलिउडका धेरै चर्चित कलाकार सरिक हुँदैछन् ।
यसै महिना सलमान खान कटरिना कैफसँग टाइगर ३ को सुटिङमा सहभागी हुनेवाला थिए । अब जनवरीमामात्रै टाइगर ३ को सुटिङ सुरु हुनेछ । शाहरुख खानका छोरा आर्यन खान ड्रग्स प्रकरणमा मुछिएका कारण पठान फिल्मको सुटिङ पनि सरेको छ । यस फिल्ममा शाहरुख मुख्य भूमिका छन् भने सलमान अतिथि भूमिकामा देखिँदैछन् ।
टाइगर ३ र पठानको सुटिङ सरेसँगै सलमान २६ नोभेम्बरमा रिलिज हुनेवाला ‘फिल्म अन्तिमः द फाइनल ट्रुथ’ को प्रमोसनमा सक्रिय हुनेछन् । यस फिल्ममा सलमान खान र उनका ज्वाईं आयुष शर्मा मुख्य भूमिकामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मलको आपूर्ति असहज, फेरि हुन्छ अभाव ?
-
यौन जीवन ध्वस्त पारिदिन सक्छन् यी सात रोगले, सतर्क हुनुहोस्
-
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
-
लहानमा दुई अर्ब लागतमा सुविधासम्पन्न अस्पताल बनाइने
-
विषादी हालेको अङ्गुर खाइरहनु भएको त छैन ? यसरी सफा गर्नुस्
-
कोलेस्ट्रोल घटाउन चाहनुहुन्छ ? बिहान अपनाउनुहोस् यी ५ बानी