बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

मेगा बैंकले १२ प्रतिशत बोनस सेयर दिने

बुधबार, २४ कात्तिक २०७८, १४ : १६
बुधबार, २४ कात्तिक २०७८

मेगा बैंकले आफ्ना सेयरधनीहरुलाई १२.०७ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको ३४२औं सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट उक्त बोनस सेयर दिने प्रस्ताव गरेको हो ।

कम्पनीले १२ प्रतिशतका दरले हुन आउने एक अर्ब ७६ करोड ८८ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरणको प्रस्ताव गरेको छ । सञ्चालक समितिले गरेको प्रस्ताव नेपाल राष्ट्र बैंकका साथै बैंकको आगामी वार्षिक साधारण सभामार्फत स्वीकृत हुन पर्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप