प्रधानसेनापति शर्मालाई भारतीय सेनाको मानार्थ महारथीको सम्मान

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले भारतीय स्थल सेनाको मानार्थ महारथीको सम्मान पाएका छन् । भारतका राष्ट्रपति रामनाथ कोविन्दले बुधवार उनलाई मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । शर्मा भारत भ्रमणमा छन् ।
शर्मालाई राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति कोविन्दले सो सम्मान प्रदान गरेका हुन् । शर्मा मंगलबार भारतको नयाँदिल्ली पुगेका थिए । नेपाली सेनाको नेतृत्व समालेपछि उनको यो पहिलो विदेश भ्रमण हो ।
मंगलबार साँझ शर्माले भारतीय समकक्षी मनोज मुकुन्द नरवणेसँग भेटवार्ता गरेका थिए । सन् १९५० देखि नेपाली सेना र भारतीय सेनाका प्रमुखको बीचमा मानार्थ महारथीको सम्मान दिन प्रचलन रहिआएको छ । भारतीय सेनाका प्रमुख नरवणेले २०७७ कात्तिक २१ मा काठमाडौंमा नेपाली सेनाको मानार्थ महारथीको सम्मान लिइसकेका छन् । शर्मा भारतीय सेनाको मानार्थ महारथीको सम्मान पाउने १५ औं सेनापति हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन
-
सोलुखुम्बुमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न
-
नेपाल आए मेटाका प्रतिनिधि, होला सामाजिक सञ्जाल दर्ता ?
-
आईपीएल : दिल्लीले कमब्याक गर्दा १ सय ५९ रनमा रोकियो लखनउ
-
प्रमुख प्रशासकीय अधिकृत मेहतालाई विराटनगर महानगरमा हाजिर गर्न नदिइने
-
निसानको ३ दिने ‘प्रि-मनसुन नेसनवाइड सर्भिस क्याम्प’ देशभरका १६ वटा चेकपोइन्टहरूमा सुरू