प्रधानसेनापति शर्मालाई भारतीय सेनाको मानार्थ महारथीको सम्मान
नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले भारतीय स्थल सेनाको मानार्थ महारथीको सम्मान पाएका छन् । भारतका राष्ट्रपति रामनाथ कोविन्दले बुधवार उनलाई मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । शर्मा भारत भ्रमणमा छन् ।
शर्मालाई राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति कोविन्दले सो सम्मान प्रदान गरेका हुन् । शर्मा मंगलबार भारतको नयाँदिल्ली पुगेका थिए । नेपाली सेनाको नेतृत्व समालेपछि उनको यो पहिलो विदेश भ्रमण हो ।
मंगलबार साँझ शर्माले भारतीय समकक्षी मनोज मुकुन्द नरवणेसँग भेटवार्ता गरेका थिए । सन् १९५० देखि नेपाली सेना र भारतीय सेनाका प्रमुखको बीचमा मानार्थ महारथीको सम्मान दिन प्रचलन रहिआएको छ । भारतीय सेनाका प्रमुख नरवणेले २०७७ कात्तिक २१ मा काठमाडौंमा नेपाली सेनाको मानार्थ महारथीको सम्मान लिइसकेका छन् । शर्मा भारतीय सेनाको मानार्थ महारथीको सम्मान पाउने १५ औं सेनापति हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण