२० अर्ब रुपैयाँ सापटी दिँदै राष्ट्र बैंक
बुधबार, २४ कात्तिक २०७८, १३ : ५६
नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ । बैंकले बजारको तरलता अभावको समस्या सम्बोधनका लागि भोलि कार्तिक २५ गतेदेखि १४ दिनका लागि सर्ट टाइम लोन जारी गर्न लागेको हो ।
कात्तिक २५ गते जारी हुने यस रिपो आगामी मंसिर ९ गते परिपक्व हुनेछ । इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुले रित पुर्याएर अनलाइनमार्फत नै रिपोका लागि आवेदन दिन सक्नेछन् । तर, सबैभन्दा बढी ब्याजदर अफर गर्नेबाट क्रमशः रिपो प्रदान गरिनेछ ।
केन्द्रीय बैंकले बजारमा तरलताको अभावमा रिपोमार्फत पैसा पठाउने गर्छ भने अधिक तरलताको अवस्थामा रिभर्स रिपो मार्फत पैसा उठाउने गर्छ । पछिल्लो समय बजारको तरलता अभावको समस्यालाई हल गर्न बैंकले रिपो मार्फत बजारमा पैसा पठाउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै
-
एकीकृत समाजवादीले आज नेताहरूको जिम्मेवारी तोक्ने
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
रोशीका बाढीपहिरो प्रभावितलाई बल्ल अस्थायी आवास निर्माण
-
शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा
-
म्याग्दीमा सुन्तला बिक्री गर्न बजार खोज्नुपर्ने झन्झट हट्यो