शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

विकास बैंकमा चम्किदै साइन रेसुङ्गा, बढी नाफा कमाउनेमा मुक्तिनाथ

कामना विकासको नाफा किन घट्यो ?
बुधबार, २४ कात्तिक २०७८, १३ : ५६
बुधबार, २४ कात्तिक २०७८

१८ विकास बैंकहरू मध्ये ८ वटा राष्ट्रिय स्तरका विकास बैंकहरुले चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासको वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । राजधानीसहित मोफसललाई आफ्नो कार्यक्षेत्र बनाई बैंकिङ कारोबार गर्ने राष्ट्र बैंकबाट ‘ख’ वर्ग प्राप्त मुक्तिनाथ विकास बैंक, महालक्ष्मी विकास बैंक, ज्योति विकास बैंक, लुम्बिनी विकास बैंक, गरिमा विकास बैंक, कामना विकास बैंक, साइन रेसुङ्गा विकास बैंक र साङ्ग्रिला विकास बैंकले आफ्नो वित्तीय रिर्पोट सार्वजनिक गरिसकेका छन् । 

जसमध्ये मुक्तिनाथ विकास बैंकले सबैभन्दा बढी नाफा कमाएर विकास बैंकहरुमा नै अब्बल रहेको देखाएको छ । बैंकले अन्य ७ वटा विकास बैंकलाई पछि पार्दै चालू आर्थिक वर्षको पहिलो त्रैमासमा कुल ३४ करोड ५५ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अबधिमा बैंकले २९ करोड ९१ लाख ५९ हजार रुपैयाँ नाफा कमाएको थियो । 

गत वर्षको पहिलो त्रैमाससँग चालू आ.व. को नाफा तुलना गर्दा मुक्तिनाथ विकास बैंकले अधिकतम १७.४८ प्रतिशतले नाफा वृद्धि गरेको छ । यस्तै, महालक्ष्मी विकास बैंकले समीक्षा अवधिमा २३ करोड ५ लाख ३४ हजार रुपैयाँ नाफा आर्जन गर्दै दोस्रो स्थान सुरक्षित गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १५ करोड ९७ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको बैंकले यस वर्ष अधिकतम ४४.२८ प्रतिशतले नाफा वृद्धि गर्दै २३ करोड माथिको नाफा कमाएको हो । 

यस्तै, पहिलो त्रैमासमा २१ करोड ७८ लाख ५५ हजार खुद नाफा आर्जन गर्दै ज्योति विकास बैंक तेस्रो स्थानमा रहेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १३ करोड १५ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकोमा यो वर्ष बैंकले अधिकतम ६५ प्रतिशतले आफ्नो नाफा वृद्धि गरेको हो । 

कुन विकास बैंकले कति कमाए ?

रकम हजार (०००) मा

चम्किदै साइन रेसुङ्गा विकास बैंक

विकास बैंकमा तीब्रतर नाफा वृद्धि गर्दै छलाङ मार्नेमा साइन रेसुङ्गा विकास बैंक बनेको छ । बैंकले गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक पहिलो त्रैमासमा आफ्नो नाफा अधिकतम ४१०.३० प्रतिशतले नै वृद्धि गरेको छ । 

गत वर्ष २ करोड ८८ लाख ७८ हजार मात्र नाफा कमाएको बैंकले यस वर्ष अधिकतम ११ करोड ८४ लाख ८५ हजारले बढी नाफा आर्जन गर्दै १४ करोड ७३ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको हो । 

यसअघि राजधानी बाहिर गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलाई आफ्नो मुख्य कार्यक्षेत्र बनाएर बैंकिङ कारोबार गर्दै आएको साइन रेसुङ्गा गत वर्ष मात्र संघीय राजधानी काठमाडौं छिरेको हो । 

कामना विकास बैंकको नाफामा ब्रेक

समीक्षा अवधिमा अन्य ७ वटा बैंकले नाफामा तीब्रता विकास गर्दै गर्दा यता कामना विकास बैंकको नाफामा भने ब्रेक लाग्न पुगेको छ । अर्थात् गत वर्षको पहिलो त्रैमासको तुलनामा चालू आर्थिक वर्षको पहिलो त्रैमासमा कामना विकास बैंकको नाफा घटेको छ ।

गत वर्ष नै २० करोड १ लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएको बैंकले चालू आर्थिक वर्षको त्रैमासमा जम्मा १४ करोड ७३ लाख ६३ हजार रुपैयाँ मात्र नाफा आर्जन गर्न सकेको छ । बैंकको नाफा गत वर्ष भन्दा यस वर्ष १२.१८ प्रतिशतले घट्न पुगेको हो ।

यस्तै, अन्य तीन विकास बैंकहरुमा, लुम्बिनी विकासले गत वर्षको भन्दा ९०.८० प्रतिशतले नाफा वृद्धि गर्दै समीक्षा अवधिमा खुद २१ करोड ३१ लाख ६४ हजार रुपैयाँ नाफा कमाएको छ । गत वर्षको पहिलो त्रैमासमा बैंकले ११ करोड १७ लाख १९ हजार रुपैयाँ नाफा कमाएको थियो ।

गरिमा विकास बैंकले गत वर्ष ८ करोड १२ लाख २५ हजार खुद नाफा कमाएकोमा यस वर्षको पहिलो त्रैमासमा १२७ प्रतिशतले नाफा वृद्धि गर्दै १८ करोड ४४ लाख १९ हजार रुपैयाँ कमाएको छ । 

भने, सबैभन्दा कम साङ्ग्रिला विकास बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा जम्मा ५ करोड ४४ लाख ३१ हजार रुपैयाँ कमाएको छ । गत वर्ष ३ करोड १५ लाख १६ हजार नाफा कमाएको बैंकले यस ७२.७१ प्रतिशत नाफा वृद्धि गर्दै ५ करोड ४४ लाख बढी कमाएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप