श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ
धनुषामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । पक्राउ पर्नेमा सबैला नगरपालिका–३ का ३५ वर्षीय लालबाबु साफी छन् । साफीमाथि ३० वर्षीया श्रीमती अजमेरी खातुनको हत्या गरेको आरोप छ । लालबाबुले अजमेरीको घाँटी थिचेर हत्या गरेको उनका बुबा मोहम्मद आलमको आरोप छ ।
यही कात्तिक ८ गते राति अजमेरी घरमा मृत फेला परेकी थिइन् । आलमले छोरीको हत्या लालबाबुले गरेको किटानी जाहेरी दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक राजेश सिग्देलले लालबाबुलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जानकारी दिए । घटनामा संलग्न भएको आरोपमा लालबाबुका परिवारका अन्य सदस्यमाथि पनि अनुसन्धान जारी छ ।
युवकको शव फेला
धनुषामा आज एक युवकको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार जनकपुरधाम उपमहानगरपालिका–१ मा लक्ष्मीनियाँ गाउँपालिकाको सपहीका १८ वर्षीय राजु यादवको शव फेला परेको हो ।
मृतक यादव टिप्परका कामदार हुन् । उनका भाइ झगरु यादवले राजुको टिपरले किचेर हत्या गरेको आरोप लगाएका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । यादवको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा ना १८ ख १२७५ नंको टिप्परका चालक नागेन्द्र यादवलाई पक्राउ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान’ घोषणा
-
टीयू मैदानमा अझै छ क्रिकेट क्रेज, तस्बिरहरू
-
मुम्बई : यात्रुले भरिएको डुङ्गा समुद्रमा पल्टिँदा दुई जनाको मृत्यु
-
जनजीविका र राष्ट्रिय मुद्दामा समाजवादी मोर्चा निष्प्रभावी
-
उमर खालिदले दिल्लीको अदालतबाट पाए अन्तरिम जमानत
-
‘नेपाल टेलिकमले ५ हजारसम्मको उपहार दिन्छ भन्ने सूचना झुटो’