बाघ बच्छाला विद्यालयलाई सुरबीको सहयोग
बुधबार, २४ कात्तिक २०७८, १३ : ४६
नजिकिँदै गरेको जाडोलाई ध्यानमा राखेर सुरबी फाउण्डेसनले धादिङको थाक्रे ११ स्थित सरकारी विद्यालय बाघ बच्छालामा शैक्षिक लगायत बिभिन्न सामाग्री वितरण गरेको छ । मंगलबार फाउण्डेसका अध्यक्ष कबिन शाक्य सहितको एक टोलीले विद्यालयमै पुगेर विद्यार्थीका लागि जाडोको ट्रयाकसुट, स्कुल ब्याग, स्टेशनरी लगायतमा सामाग्री वितरण गरेका हुन् ।
विद्यालयमा अध्ययन गर्ने भाइबहिनीको आर्थिक अवस्था कमजोर देखेकोले अध्ययनका लागि केही सहज होस् भनेर फाउन्डेसनमार्फत आफुले सहयोग गरेको अध्यक्ष कविन शाक्यले बताए । भूकम्प समयका खाद्यान्न र कोरोनाको समयमा स्वास्थ्य सामाग्री देशको बिभिन्न स्थानमा बाँडेको यो फाउण्डेसनले केही अगाडि मात्र गजुरीको चेपाङ बस्तीमा समेत राहात सामाग्री वितरण गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालत पुग्दैनन् घरेलु हिंसाका अधिकांश उजुरी
-
सुदूरपश्चिम रोयल्स र माया मेट्रो अस्पतालबिच प्रायोजन सम्झौता
-
रास्वपाका नेता परियारले भेटे प्रधानमन्त्री
-
सुन वितरणमा हुँदै आएको सिन्डिकेट हटाउन सर्वोच्चले दियो अन्तरिम आदेश
-
उपनिर्वाचनको पूर्व सन्ध्यामा माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक
-
स्मरण शक्तिलाई धारिलो बनाउँछन् यस्ता बानीले