सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

कैलाली युवक हत्या प्रकरण : थप २ जना पक्राउ

बुधबार, २४ कात्तिक २०७८, १३ : ३२
बुधबार, २४ कात्तिक २०७८

कैलालीमा प्रहरीले एक युवकको हत्या गरेको आरोपमा थप २ जनालाई  पक्राउ गरेको छ । जिल्लाको लम्कीचुहा नगरपालिका १ का २२ वर्षीय भुपेन्द्र बडुवाललाई चक्कु प्रहार गरी हत्या गरेको आरोपमा थप २ जना पक्राउ परेका हुन् ।

योसँगै पक्राउ सो घटनामा पर्नेमा ८ जना पुगेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । कैलालीका आर्यन देवकोटासहित ८ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले रातोपाटीलाई जानकारी दिए । ‘८ जनालाई नियन्त्रणमा लिइसकेका छौ भने अनुसन्धानको क्रममा अन्यलाई  सोधपुछका लागि ल्याउने क्रम जारी रहेको छ’, उनले भने । 

बडुवालमाथि प्रहार गरिएको चक्कु पनि प्रहरीले बरामद गरेको छ ।  सिदार्थ होटल नजिकको झाडीबाट चक्कु बरामद गरेको इलाका प्रहरी कार्यालय टीकापुरका इन्चार्ज प्रकाश सापकोटाले जानकारी दिए । टीकापुर नगरपालिका १ स्थित सिद्धार्थ होटल नजिकै मंगलबार राती एक समूहले चक्कु प्रहार गरी बडुवालको हत्या गरेको थियो ।  

भूपेन्द्र र आर्यनको विगत लामो समयदेखि रिसिबी भएको प्रहरीले बताएको छ । घटनाबारे सुदूरपश्चिम प्रदेश प्रहरी, जिल्ला र इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले संयुक्त रुपमा अनुसन्धान गरिरहेको बिष्टले जानकारी दिए । 

पूर्वपश्चिम राजमार्ग अवरुद्ध, सयौं यात्रु अलपत्र

हत्या गरिएका भूपेन्द्र बडुवालको परिवार र आफन्तले दोषीलाई कार्वाहीको दायरमा ल्याउन माग गर्दै पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । राजमार्ग अवरुद्ध गरेपछि सयौं यात्रु अलपत्र परेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप