नवलपरासीमा करेन्ट लागेर टिपर चालकको मृत्यु
बुधबार, २४ कात्तिक २०७८, १२ : ४८
नवलपरासीमा करेन्ट लागेर टिपर चालकको मृत्यु भएको छ । नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिका–३ स्थित खोरन्डी खोलामा प्र.२–०३–००१ख ५३२० नम्बरको टिपर धुने क्रममा करेन्ट लागेर टिपर चालक रुपन्देही बस्ने ३८ वर्षीय देवेन्द्र नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
निस्दी कन्स्ट्रक्सन एण्ड सप्लायर्सको उक्त टिपर खोलामा धुने क्रममा हाइटेन्सन लाइनको नाङ्गो तारमा छुन पुगेको थियो । प्रहरीले चालकको घटनास्थलमै मृत्यु जनाएको छ । घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त