बालाजु घुस काण्ड : डिएसपी नविनकृष्ण भण्डारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर
काठमाडौँ । महानगरीय प्रहरी वृत बालाजुबाट पक्राउ परेका डिएसपी नविनकृष्ण भण्डारी सहित चारजना प्रहरी अधिकारीविरुद्ध अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
केही समयअघी मात्रै बालाजु वृतको ईन्चार्जका रुपमा सरुवा भएका भण्डारीको प्रत्यक्ष निर्देशनमा सोही वृतका प्रहरी सहायक निरीक्षक चन्द्रसिंह भाटले ५ लाख घुस लिएको पुष्टि हुन आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । सोमबार आयोगले भण्डारी सहित असई चन्द्रसिंह भाट, ईलाका प्रहरी कार्यालय फर्पिङमा कार्यरत हवल्दार मनोज कुमार यादव र महानगरीय प्रहरी प्रभाग बालसुधार गृह ठिमी भक्तपुरमा कार्यरत जवान पुष्कर बहादुर शाहविरुद्ध मुद्दा दायर गरेको हो ।
त्यस्तै आयोगले आफुलाई प्रहरी कर्मचारी भएको बताउने बिन्दावासिनी बालुवा डिपो सञ्चालक विनोद थापा बगालेविरुद्ध पनिआयोगले मुद्धा दायर गरेको छ । असई भाटलाई अख्तियारको टोलीले ५ लाख घुस सहित नियन्त्रणमा लिएको थियो ।
डिएसपी भण्डारीको निर्देशनमा विनता देवानका श्रीमानलाई असई भाट सहितका प्रहरी अधिकारीले लिखीत वा मौखिक उजुरी बिना नै ‘भारतीय सेनामा भर्ती गराउनका भनी फारम संकलन गरेको र रकम असुल गरेको’ आरोप लगाएर गैरकानुनी रुपमा पक्राउ गरेर पैसाको बार्गेनिङ गरेका थिए । शुरुमा मनमैजुस्थित बगालेको डिपोमा नियन्त्रण र कब्जामा राखेपश्चात महानगरीइ प्रहरी वृत बालाजुमा थुनामा राखी डर, त्रास, देखाएर ५ लाख घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ । आयोगले उनिहरुसँग जनही ५ लाख बिगो, जरिवाना र कैद सजायको मागदावी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले एक दिनमै ६४ करोड मत गनेपछि एलन मस्कको यस्तो प्रतिक्रिया
-
जोर्डनस्थित इजरायली दूतावास नजिकै गोली चल्दा एक जनाको मृत्यु
-
शुक्रबारबाट रिलिज ‘तेल भिसा’ र ‘अग्निदहन’को व्यवसाय कस्तो ?
-
बैंकिङ प्रणालीबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक
-
धितोपत्र बोर्डको अध्यक्षका लागि दुई जनाको अन्तर्वार्ता सम्पन्न
-
सिनामंगलस्थित होटलमा दुई युवायुवती मृत अवस्थामा भेटिए