बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

छठ पूजाका लागि विराटनगरका मेयर १८ औं पटक दण्डप्रणाम यात्रामा

बुधबार, २४ कात्तिक २०७८, १२ : १३
बुधबार, २४ कात्तिक २०७८


विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले छठ पूजाका लागि सिंघिया घाटसम्म सडकमा घस्रेर दण्डप्रणाम यात्रा सुरु गरेका छन् । छठ पर्वको निराहार ब्रत बसेका पराजुलीले १८ औं पटक दण्डप्रणाम यात्रा सुरु गरेका हुन् ।

२८ वर्ष यता छठको ब्रत बस्दै आएका पराजुलीले १८ वर्ष यता छठ पूजाका लागि विराटनगर–३ पोखरीया ठूलोमिल चोकमा रहेको शिव पाञ्चायन मन्दिरबाट सिंघिया खोलास्थित पूजास्थलसम्म दण्ड प्रणाम गर्दै यात्रा तय गर्दै आएका छन् । मेयर पराजुलीसँगै उनका भतिज प्रमेशले पनि दण्डप्रणाम यात्रा सुरु गरेका छन् ।

बुधबार साइत हेराएर १०ः३० बजेबाट पराजुलीले मन्दिरबाट सिंघिया घाटसम्मका लागि दण्डप्रणाम यात्रा सुरु गरेका हुन् । करिब तीन किलोमिटर दुरी पार गर्न चार घण्टा लाग्ने छ ।

मेयरमा निर्वाचित भएपछि तीन वर्षयता नगरबासीको सुख, शान्तिको कामना गर्दै छठको कष्टपूर्ण ब्रत बसेको मेयर भीम पराजुलीले बताए । हरेक वर्ष आफूले गर्दै आएको धार्मिक कार्यलाई यो वर्ष पनि निरन्तरता दिएको उनको भनाइ छ ।

बुधबार घाटमा पुगेर अस्ताउँदो सूर्यलाई अघ्र्य दिएपछि घाटमै जाग्राम बसी बिहीबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर ब्रत समापन हुने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप