आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा मंसिरमा छात्रछात्राको सडक दौड प्रतियोगिता हुने

बुधबार, २४ कात्तिक २०७८, १२ : ०१
बुधबार, २४ कात्तिक २०७८

पोखरामा विद्यालयस्तरीय छात्रछात्रा सडक दौड प्रतियोगिता हुने भएको छ । खेलकुद विकास समिति कास्कीले संयुक्त राष्ट्र संघको महासभाले अन्तर्राष्ट्रिय बाल अधिकार कानुन पारित गरेको सन्दर्भमा आगामी मंसिर ४ मा १६ वर्ष उमेर समूहका छात्रछात्रा सडक दौड प्रतियोगिता गर्न लागेको हो । 

लेकसाइडको खहरे चोकबाट सुरु हुने दौड प्याराग्लाइडिङ ल्यान्डिङ क्षेत्र खपौंदीमा पुगेर सम्पन्न हुने खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरणबहादुर बानियाँले जानकारी दिए । उनले पोखरालाई दौडको सहरको रूपमा स्थापित गराउँदै युवा खेलाडीलाई खेलकुद प्रति आकर्षण गराउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताए । कोभिड १९ का कारण थला परेको खेलकुदलाई चलायमान गराउन र खेलाडीको हौसला बढाउन कार्यक्रमले सहयोग पुग्ने बाँ नियाले  बताए । 

प्रतियोगितामा छात्रछात्रा तर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना क्रमश: १० हजार, ७ हजार, ५ हजार र २ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । कार्यक्रम सम्पन्न गर्न करिब १ लाख ५० हजार खर्च हुने अनुमान गरेको खेलकुद विकास समिति कास्कीका उपाध्यक्ष महेन्द्र गुरुङले बताए ।

प्रतियोगिता सम्पन्न गर्न उपाध्यक्ष महेन्द्र गुरुङको संयोजकत्वमा ७ सदस्यीय उपसमिति गठन गरिएको छ । प्रचारप्रसारमा भीम पराजुली, आर्थिक समितिमा केशव बहादुर थापा, स्वयंसेवक प्राविधिकमा राजन बडगामी, खाजा तथा खानामा तिलक बहादुर अधिकारी,अतिथि सत्कारमा नन्दकला नेपाली र मञ्च व्यवस्थापन नारायण भण्डारीलाई संयोजक तोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप