च्यासलमा एमाले महाधिवेशन मुल व्यवस्थापन समितिको बैठक बस्दै
नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक बुधबार बस्दैछ । बैठकले महाधिवेशनको व्यवस्थापनसँग सम्बन्धित विषयमा छलफल गरेर निर्णय गर्ने नेताहरुले बताएका छन् । बैठक दिउँसो १२ बजे च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बस्ने मुल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले जानकारी दिए ।
एमालेले आगामी मंसिर १०–१२ चितवनमा दशौं राष्ट्रिय महाधिवेशन गर्दैछ । महाधिवेशन सम्पन्न गर्न स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा महाधिवेशन मूल व्यवस्थापन समिति गठन गरेको थियो ।
एमालेले कात्तिक २७ गते महाधिवेशन प्रतिनिधिको निर्वाचन गर्दैछ । महाधिवेशन मिति नजिकिँदै जाँदा एमालेमा नयाँ नेतृत्वबारे चर्चा परिचर्चा हुन थालेको छ ।
नेकपा एमालेले आगामी १० औं राष्ट्रिय महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न विभिन्न १२ वटा समितिहरु बनाउने निर्णय गरेको थियो । सोही अनुसार प्रतिनिधि व्यवस्थापन समिति, प्रचारप्रसार समिति, अतिथि सत्कार समिति, खाद्य व्यवस्थापन समिति, स्वयमसेवक परिचालन,मञ्च व्यवस्थापन समिति, सांस्कृतिक समिति र जनपरिचालन समिति बनाइसकेको छ ।
बाँकी चारवटा समितिहरु आज बस्ने व्यवस्थापन समितिको बैठकले घोषणा गर्ने तयारी गरेको एमाले केन्द्रीय सदस्य तथा महाधिवेशन मुल व्यवस्थापन समितिका सदस्य शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार उपसमितिहरू फर्मेशन बाहेक प्रचार योजना, बजेट, महाधिवेशनका लागि आर्थिक संकलनको प्रक्रिया लगायतका विषयमा बैठकले निर्णय गर्नेछ । एमालेले महाधिवेशनमा लाग्ने खर्च कार्यकर्ताबाटै संकलन गर्ने तयारी गरेको छ । त्यसका लागि पदाधिकारी, केन्द्रीय सदस्य र लाभको पदमा पुगेका बाहेक प्रत्येक संगठित सदस्यबाट सय रुपैयाँका दरले आर्थिक संकलन गर्ने एमालेको योजना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्रष्टाचार नियन्त्रण गर्नेहरूकै मिलेमतोमा खुलमखुला भ्रष्टाचार भइरहेको छ : प्रभु साह
-
‘फिरफिरे फिरिरी’ ट्रेलर : ४ युवकको जीवनमा एक युवतीको प्रवेशले निस्तिने समस्या
-
डिलक्सले तोकिएको भन्दा २० प्रतिशत बढी भाडा लिन पाउने
-
दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिलाई बृहत्तर यौनिकता शिक्षा
-
शेख हसिनासहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारी
-
सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतद्वारा तीन जना दोषी ठहर