बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

राती सुत्नुअघि यसरी प्रयोग गर्नुहोस् घ्यू, यी समस्या राख्छ टाढा

बुधबार, २४ कात्तिक २०७८, ११ : ०८
बुधबार, २४ कात्तिक २०७८

घ्यूको प्रयोग खानाका लागि मात्रै नगरिकन यसलाई तपाईंले नाइट क्रिमको रुपमा पनि गर्न सक्नुहुन्छ । अनुहारमा घ्यू लगाउँदा यसले थुप्रै समस्या टाढा राख्छ । घ्यूमा यस्ता थुप्रै पोषक तत्व छन् जुन स्वास्थ्यका लागि निकै फाइदाजनक छन् । छालासँग सम्बन्धित समस्यामा पनि यो निकै प्रभावकारी छ । विशेषज्ञका अनुसार नियमित रुपमा राती घ्यू लगाएर सुत्दा अनुहारमा निखार आउने गर्छ । छालासँग सम्बन्धित समस्या हटाउनका लागि घ्यूको प्रयोग कसरी गर्ने भन्नेबारे जानकारी लिऔं ।

फुटेको ओठको समस्यामाः

चिसो मौसममा धेरैको ओठ फुट्ने समस्या हुन्छ । यस्तोमा तपाईं घ्यूको प्रयोग गर्न सक्नुहुनछ । राती सुत्नुअघि ओठमा घ्यू लगाउनुहोस् । यसलाई दिउँसो पनि लगाउन सक्नुहुन्छ ।

छालाको संक्रमणः

छालाको संक्रमणबाट जोगिनका लागि तपाईंलाई घ्यू असाध्यै काम लाग्न सक्छ । यसले छाला चिलाउने, छालाको संक्रमणका कारण रातो हुने र रुखो हुनेलगायतका समस्यालाई टाढै राख्छ । घ्यूको प्रयोग गर्दाको रुखो छाला पनि नरम हुन्छ । सुत्नु अघि छालामा घ्यू लगाउँदा निखार आउँछ । यद्यपि, छाला चिल्लो छ भने घ्यू प्रयोग गर्नुअघि विशेषज्ञको सल्लाह लिनुहोस् ।

कालो दागमा असरदारः

छालामा कालो दाग हटाउनका लागि पनि घ्यू तपाईंलाई असाध्यै काम लाग्न सक्छ । अनुहारमा कालो दागको समस्या छ भने राती घ्यू लगाएर सुत्नुहोस् । यसको प्रयोग तपाईं नाइट क्रिमको रुपमा गर्न सक्नुहुन्छ ।

घामले डढ्दाः

थुप्रै पटक सूर्यको किरणका कारण छालामा समस्या देखिन्छ । घ्यू प्रयोग गरेर तपाईंको यो समस्या टाढा हुनेछ । यसले अनुहारको दाग हट्नेछन् । यदि घ्यू रातभरी राख्न चाहनुहुन्नँ भने करिब एक घण्टासम्म राख्न सक्नुहुन्छ । यसले पनि भिन्नता त देखिन्छ नै ।

सुन्निएको ठाउँमाः

अनुहार वा शरीरको कुनै पनि भाग यदि सुन्निएको छ भने घ्यू प्रयोग गरेर यसबारे राहत पाउन सकिन्छ । राती सुत्नुअघि अनुहारमा घ्यू लगाउनुहोस् र भोलिपल्ट सुतीको कपडाले अनुहार पुछ्नुहोस् । यसबारे तपाईं घ्यूलाई मनतातो पारेर प्रभाृवित स्थानमा पनि लगाउन सक्नुहुन्छ । यसलाई एक घण्टासम्म राख्न सक्नुहुन्छ ।

आँखाको थकान हटाउँछः

आँखाको थकान हटाउनका लागि घ्यू असाध्यै काम लाग्न सक्छ । राती सुत्नुअघि आँखाको वरिपरि घ्यूलाई सर्कुलर तरिकाले लगाउनुहोस् । यस्तो गर्दा आँखाको थकान हट्छ र आँखा सुन्निएका छन् भने पनि बस्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप