शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

साउथ सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली सुरु

बुधबार, २४ कात्तिक २०७८, १० : ५४
बुधबार, २४ कात्तिक २०७८

साउथ सुडानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली सुरु भएको छ । गोरख बहादुर गण सातौं डफ्फालाई बदली गर्नको लागि चन्दननाथ गण आठौं डफ्फाको पहिलो फ्लाइटमा प्रमुख सेनानी सरोज राणाको नेतृत्वमा २१६ जना नेपाली शान्ति सैनिक मंगलबार त्यसतर्फ प्रस्थान गरेको छ । 

कोभिड-१९ महामारीका बाबजुद पनि शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप अदलीबदलीको दौरानमा सम्पूर्ण सुरक्षा सतर्कता अपनाइएको नेपाली सेनाले जनाएको छ । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ नेपाली सेना विभिन्न मिसनहरूमा सहभागी हुँदै आएकाे छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप