प्रतिनिधि छान्न मकवानपुरमा एमालेले बनायो निर्वाचन कमिटी
नेकपा (एमाले) मकवानपुरले १० औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छान्न निर्वाचन कमिटी निर्माण गरेको छ । मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि छनौट गर्न एमाले मकवानपुरले महाधिवेशन प्रतिनिधि छनौट निर्वाचन कमिटी निर्माण गरेको हो ।
राष्ट्रिय महाधिवेशनमा लोकतान्त्रिक विधिबाट प्रतिनिधि छनौट गर्न मकवानपुरको दुई निर्वाचन क्षेत्र र दलिततर्फ छुट्टाछुट्टै निर्वाचन कमिटी निर्माण गरिएको एमाले मकवानपुरका अध्यक्ष बद्री प्रसाद लम्सालले बताए । मकवानपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्वर १ बाट प्रतिनिधि छनौटका लागि देवराज रिमाल प्रमुख निर्वाचन अधिकृत रहने छन् भने उनीसँगै नविन सिग्देल र एम सिलवाल सदस्य रहने छन् ।
प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट एमाले केन्द्रीय सदस्य मुकुन्द अधिकारी प्रमुख निर्वाचन अधिकृत रहने भएका छन् भने उनीसँगै सो निर्वाचन कमिटीमा ऋषि केवी र बालकृष्ण दाहाल सदस्य रहने छन् । यस्तै दलिततर्फ प्रतिनिधि छनौटका लागि इन्द्र नेपाल प्रमुख निर्वाचन अधिकृत रहने छन् भने तुलसी रिजाल र प्रमिला केसी सदस्य रहने गरी नेकपा एमाले मकवानपुरको जिल्ला कमिटी सचिवालयको बैठकले निर्णय गरेको छ ।
निर्वाचन कमिटीले कार्तिक २५ गतेबाट निर्वाचन प्रकृया सुरु गर्ने उनले बताए ।
कात्तिक २५ गते विहान ११ः३० देखि १२ः३० बजेसम्म उम्मेदवारी मनोनयन दर्ता, कात्तिक २६ गते विहान १० बजेसम्म उम्मेदवारी फिर्ता लिन समय निर्धारण भएको हुने अध्यक्ष लम्सालले बताए । प्रतिनिधि छनौट कार्यमा सर्वसम्मतिको प्रयास जारी रहेको यदि सर्वसम्मत रुपमा प्रतिनिधि छनौट हुन नसकेको खण्डमा कात्तिक २७ गते १० बजेदेखि ३ बजेसम्म मतदान प्रक्रियाबाट सुरु गरिने उनले बताए ।
राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागि प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट अनन्त पौडेल, रामचन्द्र राई , कृष्ण प्रसाद दहाल, रघुनाथ खुलाल, बद्रि लम्साल, कमल बिष्ट, गोपाल श्रेष्ठ, ध्रुवप्रसाद चौलागाई, फुर्वा लामा लगायतका नेताहरु आकांक्षी देखिएका छन् ।
त्यस्तै प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ बाट एकलाल श्रेष्ठ, महेश बर्तौला, एकराज उप्रेती , सवासचन्द्र ठकुरी, हिदम लामा, बिष्णुप्रसाद ढकाल, उत्तम न्यौपाने लगायतले आकांक्षा देखाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगातार बैठक बोलाउने तयारीमा एमाले
-
अमेरिकाको प्रतिबन्धमा परे ब्यालेस्टिक मिसाइल कार्यक्रममा संलग्न चार पाकिस्तानी कम्पनी
-
‘औषधिको निरीक्षण र नियमन यथेष्ट मात्रामा भइरहेको छैन’
-
नौमुरे जलविद्युत आयोजनालाई सधैँ जनशक्ति र बजेट अभाव
-
शुक्लाफाँटाको दुर्गम क्षेत्रमा प्रहरी चौकी स्थापना गर्न माग
-
‘कहिलेकाहीँ खरिद प्रक्रियाका कारणले औषधिको अभाव हुन सक्छ’