आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

‘प्रकाश’ अर्काे वर्ष रिलिज हुने

बुधबार, २४ कात्तिक २०७८, १० : ३७
बुधबार, २४ कात्तिक २०७८

अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहेको फिल्म ‘प्रकाश’ अर्काे वर्ष रिलिज हुने भएको छ । निर्देशक दिनेश राउतले फिल्मको रिलिज अर्काे वर्षमात्र गर्ने बताए । ‘‘प्रकाश’ यो बर्ष रिलिज गर्दैनौ । अर्काे वर्षमात्र रिलिज हुन्छ’ निर्देशक राउतले भने ‘अर्काे बर्ष कुन समय गर्ने भन्ने बिषयमा छलफल हुँदैछ ।’ अर्काे बर्षको बैशाखमा पनि रिलिज हुन सक्ने उनले सुनाए ।

फिल्ममा प्रदीपको अलवा रेनु योगी, दीया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, निरज पन्थी, हुम बीसीलगायतका कलाकारको अभिनय छ । इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मको निर्माता महेन्द्र अधिकारी हुन् । राजेश श्रेष्ठको छायाँंकन, विकास सुवेदीको कथा रहेको फिल्ममा एलिस कार्की र दीपक शर्माको संगीत छ ।

सरकारी स्कुलको शिक्षक बन्नका लागि एक युवाले गर्ने संघर्षको कथा बिषयबस्तु बनाएको  फिल्म युनिट छायाँंकन सकेर काठमाडौं फर्किएको छ । फिल्मको छायाँकन जुम्लामा गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप