शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

हेटौंडामा पनि छठ पूजाको तयारी तीव्र

मङ्गलबार, २३ कात्तिक २०७८, २२ : १२
मङ्गलबार, २३ कात्तिक २०७८

मकवानपुरमा छठ पूजाको तयारी तीव्रताको साथ भइरहेको छ । बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडामा पनि छठ पूजाको रमझम हुने गरेको छ ।
छठ पूजाको लागि हेटौंडाको राप्ती खोला तथा कर्रा खोला किनारमा टेन्ट लगाएर सजाउने काम भएको ।  विशेषत मधेशी समुदायले मनाउने छठ पर्व अहिले साझा बनेको छ । पछिल्लो समयमा पहाडी समूदायले समेत छठ पूजालाई महत्व दिने गरेका छन् । 

मकवानपुरको राप्ती र कर्रा खोलासंगै अन्य खोला नदी र पोखरी लगायतको जलाशयमा छठ पर्वको तयारी पूरा भएको छठ पूजा समारोह समिति मकवानपुरले जनाएको छ । 
छठ पूजाका लागि हेटौंडाका व्रतालुहरू राति पूजा गर्ने ठाउँमा नै बस्छन् भने ग्रामीण क्षेत्रमा धेरैजसो व्रतालु बेलुका घर फर्किछन् र भोलिपल्ट बिहानै घाटमा गएर उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् ।

बुधबार दिउँसो १२ बजेबाट छठ पूजाका लाथि भक्तजनहरु राप्ती तटमा आउने मधेशी सेवा समाजका अध्यक्ष सुशिल प्रसाद सिनुरियाले जानकारी दिए । 
छठ मनाउँदा चर्म रोग निको हुने, आर्थिक समृद्धि तथा सुख, शान्ति प्राप्त हुने जनविश्वास रहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप